राजनीति

    Showing 231-240 of 1,945 items.
  • मजदुर नेताद्धारा पत्रकार कोषमा सहयोग

    धरान/ मजदुर नेता लक्ष्मी बानियाँले आफ्नौ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको अक्षय कोषमा दश हजार १ सय रुपैया प्रदान गरेको छ ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बानियाँले आफ्नो ५० औँ जन्मदिनको अवसरमा सोमबार रकम हस्तान्तरण गरेको हो । संगठन धरान नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई मार्फत प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ राईलाई रकम हस्तान्तरण गरिएको हो ।  संगठनका केन्द्रीय अध्यक्ष राईले आफुहरु ३० वर्षदेखि मजदुर आन्दोलनका सहयात्री भएको बताउनुभयो । बानियाँ असहाय र

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठान उपकुलपति काँग्रेसको भागमा

    धरान/ दलीय भागबण्डामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पद नेपाली काँग्रेसको भागमा परेको छ । अव चाडैं रिक्त रहेको प्रतिष्ठिानमा उपकुलपति पुद पुर्ती हुने संकेत देखिएको छ । सरकारले उक्त रिक्त पदमा पुर्ती गर्नको लागि ६ जनाको नाम मध्ये अन्तिम तीन जनाको नाम छनौट गरेपछि अव तीन जना मध्ये एक जना प्रतिष्ठानको उपकुलपति हुने पक्का भएको छ । सिफारिश समितिले आवेदन परेको ६ जना मध्ये अन्तिम ३ जनाको नाम सर्ट लिष्टमा छनौट गरेको छ । सिफारिश समिति निकट स्रोतका अनुसार प्रा.डा.प्रह्लाद कार्की, प्रा.डा.रोहितप्रसाद यादव र प्रा.डा.रामेश कोइराला छनौटमा परेका छन। यसअघि, सर्ट लिष्टमा प्रा.

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 823 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको खानेपानीमा ६ अर्ब विवाद: रेडबुकमा परे बजेट लिन तयार छु- मेयर राई

    धरान/संघीय सरकारले धरानको खानेपानी समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नका लागि विनियोजन गरेको बजेट ऋण भएकाले अस्विकार गर्दै आएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सरकारको बजेट रेड बुकमा समावेश भएर आए मात्रै लिन तयार भएको बताएका छन् ।  धरानमा पछिल्लो समय स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र, नगर अस्पताल पुनः सञ्चालन र सप्तकोशीको पानी ल्याउने योजनाबारे सामाजिक सञ्जालदेखि विभिन्न फोरमसम्म बहस चर्किंदै आएको छ। भिडियो: दीर्घकालीन महत्वका यी विषयमा स्थानीय सरकारले सरोकारवालासँग पर्याप्त परामर्श र छलफल नगरेको आरोप लगाउँदै, बिहीबार धरानका नौ राजनीतिक दलहरू आफैं नगर प्रमुख हर्क साम्पा

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 668 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कानेपोखरीको केन्द्र विवाद टुंगियो, सर्वोच्चद्वारा रिट खारेज

    विराटनगर/  मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र शान्तिसिंह थापाको इजलाशले उक्त रिट निवेदन नै खारेज गर्ने फैसला गरेका हुन् । सर्वोच्चको यो फैसलासँगै अब प्रमुख प्रशासकीय भवन निर्माण गर्न र केन्द्र सार्न पालिकालाई सहज भएको छ । का

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको राजनीतिक जाम : न बजेट, न खानेपानी, न समाधान

    धरान/ धरान उपमहानगरपालिकामा पछिल्ला दिनहरूमा विकासभन्दा बढी विवाद हावी भएको देखिएको छ। कार्यपालिका भित्रको समन्वयहीनता, बजेट निर्माणमा अड्चन, र कोशी खानेपानी आयोजना जस्ता दीर्घकालीन योजनामा अन्योलको अवस्था देखिएपछि नगरवासी निराश बनेका छन्। धरानका प्रमुख राजनीतिक दलहरूमध्ये नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष उद्धव लिम्बुका अनुसार नगर प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबीच विश्वासको संकट चुलिएको छ। यही असहमतिले गर्दा चालू आर्थिक वर्षको बजेटसमेत समयमा पारित हुन सकेन। “कार्यपालिकाको बैठकमै स्पष्ट मतभेद देखियो। समन्वयको अभाव र नेतृत्वबीचको असहज सम्बन्धले बजेट प्रक्रिया नै थलिएको छ,&

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 927 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पानीको राजनीति:कांग्रेस सभापति पोखरेलको प्रहार– 'गाग्री बोक्ने मेयरले गाग्री लुकाए'

    धरान/ धरानमा कोशी खानेपानी आयोजना अलमलमा पर्न थालेको भन्दै नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले नगरप्रमुखमाथि कडा आरोप लगाएका छन्। कोशीपत्र अनलाइनसँगको विशेष अन्तर्वार्तामा बोल्दै पोखरेलले मेयरकै गैरजिम्मेवार व्यवहारका कारण आयोजना अघि नबढेको बताएका हुन्। “रित्तो गाग्री बोक्दै सिंहदरबार पुग्ने मेयरले अहिले पानी खन्याउने बेला गाग्री नै लुकाउनु भयो,” पोखरेलले  व्यङ्ग्य गर्दै भने, “८५ प्रतिशत अनुदान आएको आयोजनालाई अस्वीकार गर्नु धरानका जनतासँग ठट्टा गर्नु हो।” पोखरेलले आयोजनाको शेष १५ प्रतिशत पनि संघीय वा प्रदेश सरकारमार्फत घटाउन सकिने स्पष्ट संकेत दिएका छन्।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 1,048 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–९ का कार्यपालिका सदस्य बिकास भाटीको कार्यकाल जनसेवामा उदाहरणीय, बजेटबिनै सम्पन्न भए दर्जनौँ विकास कार्य

    धरान/  धरान उपमहानगरपालिका–९ का कार्यपालिका सदस्य बिकास भाटीले आफ्नो तीन वर्षे कार्यकाल (२०७९–२०८२) जनताको साथ र सामाजिक उत्तरदायित्वको भावना सहित उदाहरणीय रूपमा पूरा गरेका छन्। कुनै विशेष बजेट वा सरकारी अनुदान विनै उनले वडास्तरमा उल्लेखनीय भौतिक तथा सामाजिक विकासका कार्यहरू सम्पन्न गरेका छन्। भाटीको नेतृत्वमा सञ्चालित प्रमुख कामहरूमा संचार व्यवस्थापन, सडक मर्मत, स्ट्रीट लाइट जडान, खानेपानी च्याम्बर निर्माण, ट्राफिक सचेतना, सरसफाइ अभियान, खेलकुद प्रवर्द्धनदेखि रेलिङ जडानसम्मका गतिविधि रहेका छन्। गौतमपथदेखि धर्मपथसम्मका खाल्डाखुल्डी टालटुल गरी ‘झिलिमिली महोत्सव&rsq

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 1,202 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भावनामा बगेर धरानले अवसर गुमाउदै : सांसद विजयकुमार राई

    धरान/ नेपाल सरकारले धरानका लागि ल्याउन खोजेको कोशीको पानीको आयोजना अन्तर्गतको ८५ प्रतिशत अनुदान नस्वीकार्दा धरानले सुनौलो अवसर गुमाउन लागेको कोशी प्रदेशका सांसद विजयकुमार राईले चेतावनी दिएका छन्। चौथो स्वर्गीय मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले स्थानीय सरकार प्रमुखको ‘म ऋण लिन्न’ भन्ने अभिव्यक्तिको कडा आलोचना गरे। “भावनामा बगेर, हठधर्मी भएर अवसर त्याग्दा धरान पछि पर्छ,” उनले भने। उनका अनुसार संघीय सरकारले प्रस्ताव गरेको ८५ प्रतिशत अनुदान धरानको खानेपानी समस्याको तत्काल समाधानका लागि सुनौलो अवसर हो। तर, धरानका मेयर ह

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कोशी प्रोजेक्ट’ सफल भयो भने मेयरको मुद्दा सकिन्छ : एमाले अध्यक्ष एभेङ

    धरान/  धरानको बहुचर्चित खानेपानी योजना ‘कोशी प्रोजेक्ट’ सफल भए मेयर हर्कराज राईको राजनीतिक एजेन्डा नै सकिने नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजङ्ग एभेङले दाबी गरेका छन्। कोशीपत्र अनलाइनसँगको विशेष अन्तर्वार्तामा अध्यक्ष एभेङले मेयर राईले प्रोजेक्ट विफल पार्न जनतामाझ भ्रम सिर्जना गरिरहेको आरोप लगाए। “यो प्रोजेक्ट सफल भयो भने उहाँको मुद्दा सकिन्छ, बाहिरी सहयोग पनि सकिन्छ। त्यसैले उहाँ चल्ने ठाउँ नभएपछि यस्ता प्रोजेक्टहरू रोक्न खोज्नु भएको हो,” एभेङले भने। भिडियो: उनका अनुसार धरानको खानेपानी समस्या समाधान गर्न प्रस्ताव गरिएको कोशी प्रोजेक्ट ऋण नभई ८५ प्

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 1,499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरीमा बढ्दो असन्तुष्टि: २ हजार बढीको राजीनामा

    काठमाडौं/  एक वर्षको अवधिमा २,३६९ प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकास लगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो । कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो । यस्तै गत आर्थिक वर्षमा

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved