धरान–९ का कार्यपालिका सदस्य बिकास भाटीको कार्यकाल जनसेवामा उदाहरणीय, बजेटबिनै सम्पन्न भए दर्जनौँ विकास कार्य बजेटबिनै सम्पन्न भए दर्जनौँ विकास कार्य

  • साउन १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -शन्देस तिम्सिना

धरान/  धरान उपमहानगरपालिका–९ का कार्यपालिका सदस्य बिकास भाटीले आफ्नो तीन वर्षे कार्यकाल (२०७९–२०८२) जनताको साथ र सामाजिक उत्तरदायित्वको भावना सहित उदाहरणीय रूपमा पूरा गरेका छन्। कुनै विशेष बजेट वा सरकारी अनुदान विनै उनले वडास्तरमा उल्लेखनीय भौतिक तथा सामाजिक विकासका कार्यहरू सम्पन्न गरेका छन्।

भाटीको नेतृत्वमा सञ्चालित प्रमुख कामहरूमा संचार व्यवस्थापन, सडक मर्मत, स्ट्रीट लाइट जडान, खानेपानी च्याम्बर निर्माण, ट्राफिक सचेतना, सरसफाइ अभियान, खेलकुद प्रवर्द्धनदेखि रेलिङ जडानसम्मका गतिविधि रहेका छन्।

गौतमपथदेखि धर्मपथसम्मका खाल्डाखुल्डी टालटुल गरी ‘झिलिमिली महोत्सव’मार्फत सौन्दर्यीकरण अभियान चलाइएको छ। बत्ती तथा पोल मर्मतले स्थानीयको आवतजावत सहज भएको छ भने सडक किनारमा फग्गिङ, गोडमेल र सफाइमा समेत भाटी स्वयं सक्रिय देखिएका छन्।

संचार व्यवस्थापनमा इन्टरनेट, टेलिफोन र विद्युतीय तारहरू व्यवस्थित गरी सौन्दर्यसँगै सुरक्षामा सुधार ल्याइएको हो।
कुखुरा लाइन पूलमा रेलिङ जडान तथा बगैँचा टोलदेखि दक्षिण खहरे करिडोरसम्म रेलिङ जडानले जोखिम न्यूनीकरणमा सहयोग पुगेको छ।

खेलकुदको क्षेत्रमा खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनुका साथै रंगशालाको ट्रस जडान र भवन निर्माण सम्बन्धी प्रस्ताव पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने भएको छ।

सप्तरङी पार्क पुनर्जीवन, कलेज रोड, आचार्य लाइन र बगैँचा लाइनमा आधुनिक बत्ती तथा रि-पिच योजनाका लागि प्रक्रिया अघि बढाइएको भाटीले जानकारी दिए।

“मैले पदभन्दा बढी सेवा र जिम्मेवारीलाई प्राथमिकता दिएको छु। काम बोल्छ भन्ने आत्मविश्वासले नै जनताको साथमा यी कामहरू सम्भव भएका हुन्,” भाटीले बताए।

स्थानीयवासीहरू भाटीको नेतृत्वमा वडास्तरीय विकास र पारदर्शितालाई उदाहरणीय मान्दछन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved