बीपी प्रतिष्ठान उपकुलपति काँग्रेसको भागमा तीन जनाको नाम सिफारिस,कस्ले पाउँछन त ?

  • साउन २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दलीय भागबण्डामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पद नेपाली काँग्रेसको भागमा परेको छ ।

अव चाडैं रिक्त रहेको प्रतिष्ठिानमा उपकुलपति पुद पुर्ती हुने संकेत देखिएको छ । सरकारले उक्त रिक्त पदमा पुर्ती गर्नको लागि ६ जनाको नाम मध्ये अन्तिम तीन जनाको नाम छनौट गरेपछि अव तीन जना मध्ये एक जना प्रतिष्ठानको उपकुलपति हुने पक्का भएको छ ।

सिफारिश समितिले आवेदन परेको ६ जना मध्ये अन्तिम ३ जनाको नाम सर्ट लिष्टमा छनौट गरेको छ । सिफारिश समिति निकट स्रोतका अनुसार प्रा.डा.प्रह्लाद कार्की, प्रा.डा.रोहितप्रसाद यादव र प्रा.डा.रामेश कोइराला छनौटमा परेका छन।

यसअघि, सर्ट लिष्टमा प्रा.डा.कृष्णकुमार राई, प्रा.डा.पशुपति चौधरी, प्रा.डा.प्रहलाद काकी, प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठ, प्रा.डा.रोहित प्रसाद यादव र प्रा.डा.रामेश कोइराला रहेका थिए । राजनीतिक पहुँच कांग्रेस नेतृत्वसम्म रहेका डा.कार्की उपकुलपतिमा नियुक्त पाउने प्रवल सम्भावना रहेको श्रोतले बताएको छ ।

उनी यसअघि पनि प्रतिष्ठानको निर्देशक र पछिल्लो समय कायममुकायम उपकुलपति पनि रहेर कार्यररत थिए ।
वीपी प्रतिष्ठानको उपकुलपति पद कांग्रेसको भागमा परेकोले छनौटमा परेका तीनै जना कांग्रेस हुन ।

अर्का सम्भावना भएका चिकित्सक हुन् प्रा.डा.कोइराला । उनी कांग्रेस महामन्त्री गगन थापा निकट छन् । वरिष्ठ मुटुरोग बिशेषज्ञ रहेका उनी सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत छन् । अघिल्लो पटक पनि उनी वीपी प्रतिष्ठानमा उपकुलपति हुने चर्चा चलेको थियो ।

सम्भावना भएका चिकित्सक प्रा.डा.यादव हाल विराट मेडिकल कलेजमा कार्यरत छन् । उनी बीपी प्रतिष्ठानकै एमबिबिएस पहिलो ब्याच (१९९४) का विद्यार्थी हुन् । उनले सर्जरीमा एमडि पनि वीपी प्रतिष्ठानबाट नै गरेका थिए ।

उपकुलपति सिफारिश समितिले तीन जनाको नाम कुलपतिसमेत रहेका प्रधानमन्त्री समक्ष पठाउने र तीनमध्ये एक जनालाई कुलपतिले नियुक्त गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

डा.ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि हाल निमित्त उपकुलपतिको जिम्मेवारी पनि शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले सम्हाल्दै आइरहेका छन् भने वीपी प्रतिष्ठानले केही दिनभित्रै नयाँ उपकुलपति पाउनेछ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved