भावनामा बगेर धरानले अवसर गुमाउदै : सांसद विजयकुमार राई

  • साउन १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल सरकारले धरानका लागि ल्याउन खोजेको कोशीको पानीको आयोजना अन्तर्गतको ८५ प्रतिशत अनुदान नस्वीकार्दा धरानले सुनौलो अवसर गुमाउन लागेको कोशी प्रदेशका सांसद विजयकुमार राईले चेतावनी दिएका छन्।

चौथो स्वर्गीय मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले स्थानीय सरकार प्रमुखको ‘म ऋण लिन्न’ भन्ने अभिव्यक्तिको कडा आलोचना गरे। “भावनामा बगेर, हठधर्मी भएर अवसर त्याग्दा धरान पछि पर्छ,” उनले भने।

उनका अनुसार संघीय सरकारले प्रस्ताव गरेको ८५ प्रतिशत अनुदान धरानको खानेपानी समस्याको तत्काल समाधानका लागि सुनौलो अवसर हो। तर, धरानका मेयर हर्क साम्पाङले “सरकारी अनुदान पनि ऋण हो” भन्दै अस्वीकार गरेपछि उक्त परियोजना अन्योलमा परेको हो।

“संघीय सरकारले लिएको ऋण धरानले नलिए पनि त्यसको भार जनताकै काँधमा पर्छ,” सांसद राईले भने, “त्यसैले अनुदानलाई ऋण ठान्नु गलत हो, यसको सदुपयोग गर्नु जरुरी छ।”

उनले प्रदेश सरकारले ७ करोड रुपैयाँ पुर्णअनुदानमा तीनवटा डिप बोरिङ गरिसकेको र त्यहाँबाट दैनिक ५० लाख लिटर पानी उत्पादन भइरहेको जानकारी पनि दिए। “तर मेयरले वितरण गर्न नमान्दा धरान अझै प्यासैको सिकार बनेको छ,” उनले गुनासो गरे।

सांसद राईले धरानको समृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वयको आवश्यकता रहेको उल्लेख गर्दै सबैलाई साझा समझदारीमा आउन आग्रह गरे।

प्रतियोगिता आयोजक डिपो स्कुलका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुले स्वर्गीय मेजर श्रवणकुमार लिम्बुको योगदानबारे जानकारी गराउँदै प्रतियोगितामा १८ वटा विद्यालयको सहभागिता रहेको बताए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved