‘कोशी प्रोजेक्ट’ सफल भयो भने मेयरको मुद्दा सकिन्छ : एमाले अध्यक्ष एभेङ

  • साउन १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फणिन्द्र तिम्सिना

धरान/  धरानको बहुचर्चित खानेपानी योजना ‘कोशी प्रोजेक्ट’ सफल भए मेयर हर्कराज राईको राजनीतिक एजेन्डा नै सकिने नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजङ्ग एभेङले दाबी गरेका छन्।

कोशीपत्र अनलाइनसँगको विशेष अन्तर्वार्तामा अध्यक्ष एभेङले मेयर राईले प्रोजेक्ट विफल पार्न जनतामाझ भ्रम सिर्जना गरिरहेको आरोप लगाए। “यो प्रोजेक्ट सफल भयो भने उहाँको मुद्दा सकिन्छ, बाहिरी सहयोग पनि सकिन्छ। त्यसैले उहाँ चल्ने ठाउँ नभएपछि यस्ता प्रोजेक्टहरू रोक्न खोज्नु भएको हो,” एभेङले भने।

भिडियो:

उनका अनुसार धरानको खानेपानी समस्या समाधान गर्न प्रस्ताव गरिएको कोशी प्रोजेक्ट ऋण नभई ८५ प्रतिशत अनुदान हो। बाँकी १५ प्रतिशत रकम स्थानीय तहबाट जनसहभागिताबाट जुटाउने योजना रहेको उनले स्पष्ट पारे।

प्रोजेक्ट विफल भयो भने धरान काकाकुल बन्छ’

अध्यक्ष एभेङले कोशी प्रोजेक्टलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिए। “यो प्रोजेक्ट असफल भयो भने धरान काकाकुल बन्छ। यो दुर्भाग्यपूर्ण हुनेछ,” उनले चेतावनी दिए। उनले स्थानीय सरकार अगाडि नबढेमा संघीय सरकारले सिधै टेन्डर आह्वान गरेर काम अघि बढाउन सक्ने बताए।

‘श्रमदान देखावटी, जनमुखी काम छैन’

मेयर राईले सञ्चालन गरेको श्रमदान अभियान देखावटी भएको आरोप लगाउँदै एभेङले भने, “कोका खोलाको वरिपरि देखिने ठाउँ मात्रै सफा गरेर हुँदैन। खर्दु खोला र चारको क्षेत्रमा अझै बाटो हिँड्न सकिने अवस्था छैन।” उनले योजनाबद्धरूपमा सबै पक्षको सहमतिमा काम अघि बढाउनुपर्ने बताए। “एक व्यक्तिले आह्वान गर्दैमा सबै लाग्नुपर्छ भन्ने मान्यता गलत हो,” उनले दोहोर्‍याए।

प्राविधिक अध्ययन अनुसार कोशी प्रोजेक्टबाट दैनिक साढे ५ करोड लिटर शुद्ध खानेपानी उत्पादन गर्न सकिने उल्लेख गरिएको छ। उक्त योजना अन्तर्गत सुरुङमार्ग निर्माण गरी तमोर नदीको पानी धरान, इटहरी, दुहबी, विराटनगरलगायत सहरमा पुर्याउने लक्ष्य छ।

‘अनुदान हो, भ्रम नफैलाऔं’

कोशी प्रोजेक्टबारे उठिरहेको भ्रम चिर्दै अध्यक्ष एभेङले भने, “नेपाल सरकारले एडीबीबाट लिएको ऋण हो तर त्यो धरानलाई अनुदान स्वरूप दिइएको हो। धरानी जनताले ८५ प्रतिशत तिर्नुपर्दैन। बाँकी १५ प्रतिशत पनि संघ र प्रदेश सरकारले बोकिदिए ५ प्रतिशतमात्र धरानले व्यहोर्नुपर्छ।” अन्त्यमा उनले सबै धरानवासीलाई आह्वान गर्दै भने, “धरानको भविष्यका लागि यो प्रोजेक्ट अत्यावश्यक छ। भ्रममा नपर्नुहोस्। हामी सबैले मिलेर सफल बनाऔं।”

harka-aveng

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved