काठमाडौँ/ ‘जेनजी आन्दोलन’का अभियन्ता डा. निकोलस भुसाल माइतीघर मण्डलाबाट पक्राउ परेका छन्। जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। माइतीघर क्षेत्रमा बिहानैदेखि नै बाक्लो प्रहरी परिचालन गरिएको थियो। प्रशासनले पहिल्यै सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका क्षेत्रमा कुनै पनि धर्ना, जुलुस वा प्रदर्शन गर्न नपाइने जनाएको थियो। आन्दोलनको एक महिना पूरा भएसँगै भुसालको समूहले मागहरू सम्बोधन नभएको भन्दै विरोध प्रदर्शन गर्ने तयारी गरेको थियो। तर, प्रहरीको कडाइका कारण उनीहरू प्रदर्शन सुरु गर्नै नपाउँदै पक्राउ
काठमाडौँ/ नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई खुलेआम चुनौती दिएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले आन्दोलनकारी पक्षबाटै जेनजी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गर्दै, "त्यसपछि भागेका १४ हजार कैदी कहाँ छन् ? ५ सय चौकी जलाउँदा लुटिएका १२ हजार हतियार र २० हजार गोली अहिले कहाँ छन् ?" भन्दै प्रश्न उठाए। उनले रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा र ज्वाला सङ्ग्रौलामाथि पनि छानबिन हुनुपर्नेमा जोड दिए। बस्नेतल
काठमाडौँ/ जेनजी आन्दोलनको नाममा भइरहेको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा मजदुर नेता भीमज्वाला राईले देशलाई थप क्षतिबाट जोगाउन सबै दल, नागरिक समाज र जिम्मेवार पक्ष एकजुट हुनुपर्ने बताएका छन्। उनले भदौ २३ र २४ गतेको घटनाले मुलुकले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै त्यसको निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। राईले भने, “हाम्रा अग्रजहरूको सात दशक लामो संघर्ष र रगत–पसिनाको मूल्य नेपालको संविधान २०७२, संघीयता र लोकतान्त्रिक गणतन्त्र हो। यसको रक्षा हाम्रो न्यूनतम्
काठमाडौँ/ अविरल वर्षाबाट घरबारविहीन बनेका बाढी–पहिरो प्रभावित परिवारलाई सरकारले तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, घर भत्किएका प्रत्येक परिवारलाई अस्थायी आवास निर्माणका लागि तुरुन्तै ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। साथै, बाढी–पहिरोमा मृत्यु भएका, बेपत्ता तथा घाइते भएकालाई दिने क्षत
प्रिय कुलमान जी प्रिय रामेश्वर जी प्रिय ओमप्रकाश जी सम्माननिय श्रीमान् शुशिला जी तपाईंहरू त अध्यारो देशकाे सवैभन्दा उज्यालाे मान्छेहरू । सायद अँध्यारो देसका भुईमान्छेहरूकाे पिडा बुझ्ने भएकैले हाेला जेन्जि पुस्ताले सुरूवात गरेकाे कुशासन र भ्रष्टाचार विराेधी जेन्जि आन्दोलनका हाईज्याकरहरूकाे स्वार्थ समुहकाे काेपभाजनमा नयाँ शासक बन्ने माैका पाउनु भएकाे छ । यहाँहरूकाे टिमलाई बधाई तथा शुभकामना छ । देश पाेलर आगाे ताप्ने र खरानी घस्नेहरूकाे कुकृत्यकाे क्षतिपूर्ति गर्न पुनःनिर्माण काेषकाे आब्हान गरीएकाे सन्दर्भमा भुईमान्छेहरूकाे तर्फबाट केही चेतावनी हेक्कामा राख्न अनुराेध गर्दछु । कर आ
काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको उपज भएको आरोप लगाउँदै केही नेताको पासपोर्ट रोक्ने तयारीप्रति आक्रोश पोखेका छन्। बडादसैँको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा सङ्घ नेपालको खुला कार्यक्रममा बोल्दै ओलीले भने, “अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ। के ठानेको छ त्यो सरकारले? यो हा–हु गरेर बनेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ? के सोचेकै हो?” ओलीले सरकारलाई पारदर्शिता देखाउन चुनौती दिँदै भने, “कर्मचारीलाई दिएका निर्देशनदेखि प्रहरीलाई गरेका आदेशसम्म सबै रेकर्
धरान/ लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ । नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध षड्यन्त्र भइरहेको प्रति श्रमिकहरुले खबरदारी गर्नुपर्ने समेत राईले बताउनु भएको छ । सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य समेत रहनु भएका राईले व्यवस्था खारेजीका लाग
काठमाडौं/ जेन–जी विद्रोहपछिको राजीनामापछि लामो समय नदेखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज भक्तपुर गुन्डुस्थित नयाँ निवासमा नेता–कार्यकर्तामाझ सार्वजनिक भए। भेटघाटमा पुगेकाहरू ओलीसँग फोटो खिचाएर फर्किए पनि उनले कुनै प्रतिक्रिया दिएका छैनन्। भदौ २३ र २४ गतेको विद्रोहपछि प्रधानमन्त्री पदबाट हटेका ओली यसअघि सार्वजनिक भएका थिएनन्। त्यसै घटनापछि उनको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। नयाँ सरकारले २१ फागुनमा निर्वाचनको मिति तोकेको छ।
धरान/ धरानका विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा तोडफोड तथा क्षति पु¥याएको घटनालाई लिएर दलहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्। जेनजीको आवरणमा आएका अराजक समूहहरूले पार्टी कार्यालयहरूमा आक्रमण गरी क्षति पु¥याएको भन्दै विस्तृत विवरण सहित इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जबेगुलाई जाहेरी बुझाइएको हो। जाहेरीमा पार्टीका झण्डा च्यातिएको, भित्ते लेखन बिगारिएको, ढोका–झ्याल र कार्यालयको संरचनामा क्षति पु¥याइएको विवरण उल्लेख छ। राजनीतिक दलका प्रतिनिधिहरूले यस्ता गतिविधिले शान्तिपूर्ण राजनीतिक वातावरणमा अशान्ति ल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्।डिएसपी
धरान/संविधान दिवसको अवसरमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा धरानमा आज भव्य ¥याली तथा कोणसभा सम्पन्न भयो। धरान–२ छाताचोकबाट सुरु भएको ¥याली ‘संविधानको रक्षा गरौँ’ नारासहित भानुचोकमा पुगेर कोणसभामा परिणत भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवासहित ठूलो जनसमुदायको उपस्थिति रहेको थियो। सहभागीहरूले संविधानको संरक्षण र अराजक गतिविधिको विरोधमा ऐक्यबद्धता जनाए। कोणसभामा विद्यार्थी नेता रविन्द्र श्रेष्ठले धरानमा भदौ २४ पछि भएका तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै मेयर हर्कराज राईमाथि नै जिम्म