काठमाडौं/ जेन–जी विद्रोहपछिको राजीनामापछि लामो समय नदेखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज भक्तपुर गुन्डुस्थित नयाँ निवासमा नेता–कार्यकर्तामाझ सार्वजनिक भए।
भेटघाटमा पुगेकाहरू ओलीसँग फोटो खिचाएर फर्किए पनि उनले कुनै प्रतिक्रिया दिएका छैनन्।
भदौ २३ र २४ गतेको विद्रोहपछि प्रधानमन्त्री पदबाट हटेका ओली यसअघि सार्वजनिक भएका थिएनन्।
त्यसै घटनापछि उनको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। नयाँ सरकारले २१ फागुनमा निर्वाचनको मिति तोकेको छ।