महेश बस्नेतको चुनौती : "मलाई पक्राउ गरेर देखाऊ, म जेल जान तयार छु"

  • असोज २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई खुलेआम चुनौती दिएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले आन्दोलनकारी पक्षबाटै जेनजी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गर्दै, "त्यसपछि भागेका १४ हजार कैदी कहाँ छन् ? ५ सय चौकी जलाउँदा लुटिएका १२ हजार हतियार र २० हजार गोली अहिले कहाँ छन् ?" भन्दै प्रश्न उठाए।

उनले रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा र ज्वाला सङ्ग्रौलामाथि पनि छानबिन हुनुपर्नेमा जोड दिए।

बस्नेतले प्रहरीले जिउँदै जलाइएका घटना, सरकारी सम्पत्ति लुटपाट र Discord जस्ता एपमार्फत हिंसा भडकाइएका विषयमा कारबाही नगरेको आरोप लगाउँदै गृहमन्त्री सुदन गुरुङ, कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि समेत शंका व्यक्त गरे।

प्रधानमन्त्री सुशीला कार्कीमाथि लक्षित गर्दै उनले भने, "आज तपाईंहरू प्रतिशोध साध्ने योजना बनाइरहनुभएको छ। सरकारले पहिलो टार्गेट केपी ओली, दोस्रो नम्बरमा माधवकुमार नेपाल र तेस्रोमा मलाई बनाएर गिरफ्तारी गर्ने षड्यन्त्र गरेको छ।"

तर, अदालतले त्यस्तो षड्यन्त्र अस्वीकार गरेको दाबी गर्दै उनले आफूलाई गिरफ्तारी गर्न सक्ने हो भने देखाउन चुनौती दिए। बस्नेतले थपे, "म विधिको शासनका लागि जेल जान तयार छु।"

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved