लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ: मजदुर नेता भीमज्वाला राई

  • असोज ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 
धरान/  लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ ।
 
नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध षड्यन्त्र भइरहेको प्रति श्रमिकहरुले खबरदारी गर्नुपर्ने समेत राईले बताउनु भएको छ । 
 
सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य समेत रहनु भएका राईले व्यवस्था खारेजीका लागि देशी तथा विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेकाले श्रमिकहरुको एकतावद्ध संघर्षको आवश्यक रहेको बताउनु भएको छ । 
 
२ सय ५० वर्षमा देशलाई कंगाल बनाएका वंश परम्परागत शासन व्यवस्थाको कालो इतिहास नालीबेली नबुझेर प्रविधिमा युरोप अमेरिका हेरेर लोकतन्त्रको प्राप्तीको २० वर्षमा नेपाललाई किन विकास भएन भन्ने नयाँ पुस्ताको कमजोर बुझाइलाई भड्काएर भएको नरसंहारका कारण देश राजनीतिक, आर्थिक र सामाजिक रुपमा कमजोर बन्दै गइरहेको कार्यक्रमका प्रमुख अतिथि राईले बताउनुभयो । 
 
देशी तथा विदेशीको इशारामा संविधान र व्यवस्था खारेजी गर्ने षड्यन्त्रमा नेपालका जेनजी पुस्ता परेकाले संविधान र व्यवस्थाको रक्षाका लागि श्रमिकहरुले फेरी एकपटक संघर्ष गर्ने दिन आएको राईले बताउनुभयो । हामी श्रम ऐन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन र श्रमिकहरुको जीवन रुपान्तरणका लागि लडिरहेकैछौं अब संविधान र व्यवस्था रक्षाका लागि लड्नुपर्ने बताउनुभयो । 
 
कार्यक्रममा जिफन्ट धरान नगर अध्यक्ष समशेर बर्देवा, उपाध्यक्ष कमल भट्टराई, कान्तिपुर सेक्युरिटी कम्पनीका धरान ब्रान्च प्रमुख दुर्गा खतिवडाले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ लगायतका सहभागी रहनुभएको थियो । 
 
सुरक्षा श्रमिक इकाई कमिटीका अध्यष रत्न नेम्वाङको अध्यक्षता र सचिव प्रविण राईले सञ्चालन गरेको कार्यक्रममा बीपी प्रतिष्ठानमा काम गर्ने १ सय ३६ जना सुरक्षा श्रमिकहरुको सहभागीता रहेको थियो ।
majdyr neta bhim
bp bhima dai

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved