इटहरी । एक नं प्रदेश सरकारले प्रदेश सभा भवन बिराटनगरमै निर्माण गर्ने भए पछि इटहरीमा बिरोधका आवाजहरु उठ्न थालेको छ । गत अशाेज १ गते बिश्वकर्मा पुजाकै दिन बिराटनगरमा प्रदेश सरकारका सभामुख प्रदीपकुमार भण्डारीले हिन्दु विधिपूर्वक प्रदेश सभा भवनको शिलान्यास गरेका थिए । प्रदेशकाे स्थायी राजधानी बिवाद चर्किएकाे थियो, त्याे बेला प्रदेश सरकारका मुख्य मन्त्री लगायतकाे बैठकले प्रदेश सभाका भवन इटहरीमा निर्माण गर्ने निर्णय गरेकाे थियो। तर अहिले प्रदेश सभा भवन बिराटनगरमै बनिने गरि शिलान्यास भएपछि इटहरीमा बिराेधका आवाज उठ्न थालेको हो । नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पाैडेलले प्र
इलाम / इलाममा उत्पादन भएको किवि बेलै नभई बजारमा निस्किएको हुँदा समस्या हुने भन्दै तत्काल रोक्न कुर्षिज्ञान केन्द्रले निर्देशन दिएको छ । काँचो किवि बजारमा आएको कलिलै किवि बजारमा आउँनाले गुणस्तरीय नहुने भएकाले यस्तो कार्य नगर्न र तत्काल बन्दगर्न कृर्षि ज्ञान केन्द्रले सूचना निकाली निर्देशन दिएको हो । कृर्षि ज्ञान केन्द्र इलामका निमित्त कार्यलय प्रमुख टोनि बर्देवाका अनुसार कात्तिक महिनाको अन्त्यतिर मात्रै टिप्न उपयूक्त मानिने किवी अहिलेनैै बजारमा आउन थालेको छ । यतिबेलाको किविमा गुलियोपना नहुने भएकाले तत्काल बजारमा निकाल्न बन्दगर्नुपर्ने बताएका छन । जिल्लामा किवी खेती फस्टाएको र प्रतिब
धरान । रोट्रयाक्ट क्लब अफ धरानद्वारा अन्तराष्ट्रिय विश्व शान्ति दिवशको अवसरमा त्रिरत्न विहार (गुम्बा) मा दीप प्रज्वलन गरिएको छ । विश्व शान्तिको कामना गर्दै कोरोना महामारी विरुद्धको लडाइमा अग्रसर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा संक्रमितको शीघ्र स्वास्थ्य लाभ तथा मृत्युवरण गरेकाहरुको शान्तिका लागि मौन धारण गरी दीप प्रज्वलन गरिएको हो । उक्त कार्यक्रममा क्लब भू.पु अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा त्रिरत्न विहारका भन्ते तथा गुरु आमाहरुबाट दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।
विराटनगर / प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङम
इटहरी । कोरोनाको कहर संगै संक्रमणको दर बढिरहेको सुनसरीको इटहरीमा हिपअप नेपालका सदस्यहरूले सेनिटाइज अभियान थालेका छन । सुनसरीको सबैभन्दा बढी संक्रमितहरू रहेको इटहरीका २० वटै वार्डमा सेनिटाइज गर्ने तयारी भएको हिपअप नेपालले जनाएको छ । अहिले सम्म इटहरीको वार्ड नं २ , ४, १९ र २० मा सेनिटाइज गरिसकेको र केहि समयपछि यसलाइ निरन्तरता दिने संस्थाका अभियान्ता जिवन राइले बताए । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थालाइ मध्यनजर गर्दै यसको न्युनिकरण र जनमानसमा उत्पन्न भएको भय त्रासलाइ हटाउन इटहरीको २० वटै वार्डमा सेनिटाइज गर्ने तयारी गरिएको हिपअप नेपालका अर्का अभियान्ता दानबहादुर राइले बताए । इटहरी २० तर
धरान / पछिल्लो २४ घण्टामा दशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८९३ जना निको भए सगै जम्मा निको हुनेको संख्या ४९ हजार ९सय५४ पुगेको छ भने मृतकको संख्या ४ सय ३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ।
धरान । तत्कालिन धरान नगर पञ्चायत सदस्य तथा रातिनितिज्ञ यज्ञप्रसाद आचार्यको निधन भएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डौ स्थित नर्भिक अस्पातलको आइसियूमा उपचारको क्रममा ८७ वर्षीय आचार्यको मंगलबार साँझ मृत्यु भएको हो । आचार्यको मृगौला र मुटुको पनि समस्या रहेको थियो ।उनि २०१६ साल देखि तीनपटक सम्म धरान नगर पञ्चायतको नगर सदस्यमा निर्वाचित भएका थिए भने तत्कालिन वडा नम्बर ४ का वडाअध्यक्ष समेत बनेका थिए । धनकुटाको छथर स्थित तेलिया पिपलेमा वि सं १९९० सालमा जन्मिएका उनि नेपालको विभिन्न राजनितिक आन्दोलनमा सकृय रहेका थिए ।उनि स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति मानिन्छन् । आचार्
इलाम / इलामको सन्दकपुर गाउँपालिका–४, माबुको एउटा बस्ती नै जोखिममा परेको छ । अप्परमाई जलविद्युत् आयोजनाको पेनस्टक पाइप फुटेर पानी बाहिर निस्किएर पछि बस्तनै जोखिममा परेको हो । पानी बाहिर निस्किएसँगै करिब सय मिटर क्षेत्रकोे भू–भाग लच्किएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए । उनले भने ‘जमिन धाँजा फाटेर सरेपछि स्थानीय ५ घर परिवार विस्थापित हुने अवस्था रहेको छ ।, ‘तत्काल पाइप मर्मत नभए वडाको करिब आधा संख्याका घरहरू रहेको सोमबारे बजार नै जोखिममा पर्ने छ । ‘अहिले नै जोखिममा परेका ५ घर–परिवारलाई चाहिँ सुरक्षित रहन आग्रह गरेका छौं,’। ‘पाइ
धरान/ ‘हिम चितुवा ’ उपनमाले कहलिएका कीर्तिमानि पर्वतारोही आङरिता शेर्पाको राष्ट्रयि सम्मानका साथ अन्त्येष्टि गरिएकोे छ । बुधबार विहान पर्यटन , संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा उडाएर राष्ट्रिय सम्मान प्रदान गरेका हुन् । त्यस्तै सश्स्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी समेत अर्पण गरेको थियो । शेर्पाका शव काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । ७२ वर्षीय आङरिताको सोमबार काठमाडौं स्थित आफ्नै छोरीको घरमा मृत्यु भएको थियो । शेर्पाले विश्वको सवोच्र्च शिखर सगरमाथा १० पटक सम्म बिना अक्सिजन सफल आरेहण गरेर विश्व
इलाम कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले चियाको ट्रेडमार्क कार्यान्वयनले चियाको बजार विस्तारमा सहयोग पुग्ने बताएका छन् । इलामको सूर्योदयमा आयोजित इलामको सूर्योदयमा आयोजित अर्थोडक्स चियाको ट्रेडमार्क उद्योगीहरुलाई हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री भुसालले चियाको गुणस्तर कायम भएन भने चियाको माग भने घट्ने बताए । गुणस्तर सुनिश्चित गर्न सकेमात्रै अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सकिने मन्त्री भुसालको भनाई छ । उनले सम्बृद्धि र समाजवादतिर जाने बाटो कृषि भएकाले यसमा ध्यान दिन जरुरी रहेको बताए । कृषि मन्त्री भुसालले कृषिको विकासको लागि प्रत्येक वडामा एक जन