धरानका पुर्व नगर पञ्चायत सदस्य आचार्यको ८७ वर्षको उमेरमा निधन

  • असोज ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । तत्कालिन धरान नगर पञ्चायत सदस्य तथा रातिनितिज्ञ यज्ञप्रसाद आचार्यको निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डौ स्थित नर्भिक अस्पातलको आइसियूमा उपचारको क्रममा ८७ वर्षीय आचार्यको मंगलबार साँझ मृत्यु भएको हो । आचार्यको मृगौला र मुटुको पनि समस्या रहेको थियो ।
उनि २०१६ साल देखि तीनपटक सम्म धरान नगर पञ्चायतको नगर सदस्यमा निर्वाचित भएका थिए भने तत्कालिन वडा नम्बर ४ का वडाअध्यक्ष समेत बनेका थिए ।
धनकुटाको छथर स्थित तेलिया पिपलेमा वि सं १९९० सालमा जन्मिएका उनि नेपालको विभिन्न राजनितिक आन्दोलनमा सकृय रहेका थिए ।
उनि स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति मानिन्छन् । आचार्यकै अगुवाइमा नेपालमै पहिलोपटक सामुदायिक बिजुली उत्पादन गृह ९पावर हाउस० स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी हुदै दलविहीन पञ्चायती व्यवस्थामा समेत गरी करिब चार दशक सक्रिय राजनीतिमा आचार्य संलग्न रहेका थिए ।

 

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved