धरान । रोट्रयाक्ट क्लब अफ धरानद्वारा अन्तराष्ट्रिय विश्व शान्ति दिवशको अवसरमा त्रिरत्न विहार (गुम्बा) मा दीप प्रज्वलन गरिएको छ ।
विश्व शान्तिको कामना गर्दै कोरोना महामारी विरुद्धको लडाइमा अग्रसर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा संक्रमितको शीघ्र स्वास्थ्य लाभ तथा मृत्युवरण गरेकाहरुको शान्तिका लागि मौन धारण गरी दीप प्रज्वलन गरिएको हो ।
उक्त कार्यक्रममा क्लब भू.पु अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा त्रिरत्न विहारका भन्ते तथा गुरु आमाहरुबाट दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।