राजनीतिक पहुँच नपुग्दा इटहरीमा बन्ने भनेको प्रदेश सभा गुम्यो

  • असोज ८, २०७७
  • " तेजबहादुर बन"
alt

 
इटहरी । एक नं प्रदेश सरकारले प्रदेश सभा भवन बिराटनगरमै निर्माण गर्ने भए पछि इटहरीमा बिरोधका आवाजहरु उठ्न थालेको छ । गत अशाेज १ गते बिश्वकर्मा पुजाकै दिन बिराटनगरमा प्रदेश सरकारका सभामुख प्रदीपकुमार भण्डारीले हिन्दु विधिपूर्वक प्रदेश सभा भवनको शिलान्यास गरेका थिए । प्रदेशकाे स्थायी राजधानी बिवाद चर्किएकाे थियो, त्याे बेला प्रदेश सरकारका मुख्य मन्त्री लगायतकाे बैठकले प्रदेश सभाका भवन इटहरीमा निर्माण गर्ने निर्णय गरेकाे थियो।
 
तर अहिले प्रदेश सभा भवन बिराटनगरमै बनिने गरि शिलान्यास भएपछि इटहरीमा बिराेधका आवाज उठ्न थालेको हो ।
नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पाैडेलले प्रदेश सरकारमा तिनजना बलीयाे मान्छे पाएकाे इटहरीले एउटा प्रदेश सभा भवन नपाउनु कता कता राजनीति कमजाेर भएकाे निस्कर्ष निकालेका छन ।
 
उनले इटहरीमा रहेका सबै राजनीतिक दल बिचकाे ऐक्यवद्धता नहुनु , काेराेनाकै कहर बिच प्रदेश सभा भवन बिराटनगरमा शिलान्यास हुनुले राजनीतिक पहुचकाे हिसाबले इटहरी कमजाेर देखिएकाे दाबि गरे । प्रदेश १ सरकारमा इटहरीबाट बलीयाे मानिएका उपसभामुख सरस्वति पाेख्रेल , प्रदेश सांसद सर्वध्वज साँवा , लिलम बस्नेतलगायतकाे लविङ कमजाेर बनिदिदा इटहरीले पाउने भनिएकाे प्रदेश सभा भवन बिराटनगरले पाएकाे यहाका राजनीतिक विश्लेशकहरूकाे भनाइ छ ।
 
यता प्रदेश सरकारले गरेकाे निर्णय तत्काल नसच्याए आन्दोलन उत्रने जनता समाजवादी पार्टीले चेतावनी दिएकाे छ । पार्टीकाे इटहरी उपमहानगर समितिले बुधबार एक बिज्ञप्ती जारी गर्दै यस्ताे चेतावनी दिएकाे हाे । यस अघि नै प्रदेश सरकारले बिराटनगरलाइ राजधानी ताेकिरहदा इटहरीमा प्रदेश सभा भवन निर्माण गरिने निर्णय नै गरेकाे तर आफैले गरेकाे निर्णयकाे धज्जी उडाउदै प्रदेश सरकारले इटहरीवासीकाे जनभावना बिपरित काम गरेकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
 
प्रदेश सरकारकाे याे निर्णय प्रति पार्टीकाे ध्यानाकर्षण भएकाे र तत्काल साे निर्णय सच्याउन माग गरिएकाे छ । निर्णय नसच्याए प्रदेश सरकार बिरूद्ध पार्टीले आन्दोलन सुरू गर्ने समेत चेतावनी दिएकाे छ । प्रदेश एककाे ब्यापारीक हब संगै प्रमुख पर्यटकीय गन्तब्य हिसाबले पनि इटहरी केन्द्र बनिसकेकाेले प्रदेश सभा भवन इटहरीमै हुनुपर्ने जनता समाजवादी पाटीकाे माग छ ।

प्रधानमन्त्री ओलीले ...

धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास ...

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved