चियाको ट्रेडमार्कले बजार विस्तारमा सहयोग हुन्छः मन्त्री भुसाल

  • असोज ७, २०७७
  • "भगीरथ भण्डारी "
alt

इलाम  कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले चियाको ट्रेडमार्क कार्यान्वयनले चियाको बजार विस्तारमा सहयोग पुग्ने बताएका छन् । इलामको सूर्योदयमा आयोजित इलामको सूर्योदयमा आयोजित अर्थोडक्स चियाको ट्रेडमार्क उद्योगीहरुलाई हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री भुसालले चियाको गुणस्तर कायम भएन भने चियाको माग भने घट्ने बताए । गुणस्तर सुनिश्चित गर्न सकेमात्रै अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सकिने मन्त्री भुसालको भनाई छ । उनले सम्बृद्धि र समाजवादतिर जाने बाटो कृषि भएकाले यसमा ध्यान दिन जरुरी रहेको बताए ।

कृषि मन्त्री भुसालले कृषिको विकासको लागि प्रत्येक वडामा एक जना कृषि र पशुको प्राविधिक पु¥याउनुपर्नेमा जोड दिए । मन्त्री घनश्याम भुसालले तीन वर्षमा कृषि क्षेत्रमा देखिएको दलाल पुँजिवाद अन्त्य गर्ने घोषणा गरेका छन् ।

मन्त्री भूषालले कृषि क्षेत्रमा भइरहेको भ्रष्टचार, अनियमिततालाई अन्त्य गरेर दलाल पुँजीवादको अन्त्य गर्नेसकिने बताएका हुन् । उनले सरकारले मलमा मात्रै दश अर्ब अनुदान दिने गरेको त्यसमा तीन अर्ब अनियमितता हुने बताए ।

सरकारले पहिलो पटक बाह्रवटा चिया उद्योलाई चियाको सामुहिक ट्रेड मार्क प्रदान गरेको छ । मंगलबार चिया तथा कफि विकास बोर्डले इलामको सूर्योदय नगरपालिकामा एक कार्यक्रमको आयोजन इलामका नौ संखुवासभाको एक र तेह्रथुको दुईवटा चिया उद्योगलाई नेपाली अर्थोडक्स चिया ट्रेडमार्क प्रदान गरेको हो । कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले ट्रेडमार्क हस्तान्तरण गरेका थिए ।

ट्रेडमार्क पाउनेमा सन्दकपुर टि प्रोसेसर प्रालि, हिमालयन साँग्रिला टि प्रोडुसर प्रालि, जस्बिरे टि प्रशोधन उद्योग, गोर्खा टि स्टेट प्रालि, नेपाल ग्रीन टि एण्ड स्पेस्यालिटि, ओइसिस टि एण्ड इन्ड्रस्टि, तारागाउँ टि स्टेल प्रालि, खाजेखुङ्ग हिलरेन्च चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादनक चिया सहरकारी संस्था गरेर नौ उद्योगलाई ट्रेडमार्क प्रदान गरिएको हो ।

त्यस्तै संखुवासभाको सगरमाथा टि स्टेट प्रालि र तेह्रथुको बोक्रेडाँडा अग्र्यानिक अर्थोडक्स चिया प्रशोधन उद्योग र सिहदेवी चिया उत्पादक सहकारी संस्थालाई टे«डमार्क प्रदान गरिएको हो ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved