हाइड्रोको पेनस्टक पाइप फुटेपछि माबुको बस्ती नै जोखिममा

  • असोज ७, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलामको सन्दकपुर गाउँपालिका–४, माबुको एउटा बस्ती नै जोखिममा परेको छ । अप्परमाई जलविद्युत् आयोजनाको पेनस्टक पाइप फुटेर पानी बाहिर निस्किएर पछि बस्तनै जोखिममा परेको हो । पानी बाहिर निस्किएसँगै करिब सय मिटर क्षेत्रकोे भू–भाग लच्किएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए ।

उनले भने ‘जमिन धाँजा फाटेर सरेपछि स्थानीय ५ घर परिवार विस्थापित हुने अवस्था रहेको छ ।, ‘तत्काल पाइप मर्मत नभए वडाको करिब आधा संख्याका घरहरू रहेको सोमबारे बजार नै जोखिममा पर्ने छ ।

‘अहिले नै जोखिममा परेका ५ घर–परिवारलाई चाहिँ सुरक्षित रहन आग्रह गरेका छौं,’। ‘पाइपबाट चुहिएको पानीका कारण जमिन नै करिब १० फिट तल सरिसकेको राईको भनाई छ ।’

जोखिममा रहेका परिवारलाई कसरी सुरक्षित गर्ने भन्नेबारे जिल्ला विपद् व्यवस्थापन समितिसँग पनि छलफल भएको राईको भनाई छ । उनका अनुसार ‘थप क्षति हुनुअघि नै स्थानीयलाई सुरक्षित गर्न गाउँपालिका लागेको छ,’।

साविकको माबु गाउँ विकास समितिको वडा नम्बर ४ र ९ क्षेत्र जोखिममा परेको हो । एक सय ४७ घरपरिवारको दुई सय रोपनी भन्दा बढी जमिन लच्किएको छ ।

 

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved