समाचार

    Showing 8,571-8,580 of 8,712 items.
  • प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण फैलियो,

    प्रदेश १ मा सोमबार एकजना संक्रमित निको भएर कोशी अस्पतालबाट डिस्चार्ज भए । तर, मंगलबार बिहानसम्ममा ११ नयाँ संक्रमित थपिए । अब प्रदेश १ मा संक्रमित हुनेको संख्या ५४ जना पुगेको छ । मंगलबार बिहान झापाको कचनकवलमा ९ जनामा कारोना संक्रमिण पुष्टि भएको छ । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्ट भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका एक जना सहित सुनसरीमा थप दुईजनामा कोरोना संक्रमण

    धरान सुनसरीका थप दुई जनमा कोरोना संक्रमण देखिएको छ । धरान स्थित वि पी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा ईटहरीका १८ वर्षीय युवा मा र पश्चिम कुशाहमा टिउटीमा खटिएका सश्स्त्रका हवल्दारमा संक्राण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधकारीक पुष्टि भने हुने बाँकी रहेको छ ।स्रोतका उनसार ईटहरीको युवा वि पीको आईसोलेशनमा रहेको जनाइएको छ । यो सगै सुनसरीमा मात्र ३ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो राति कोरोना पुष्टि भएको गढीगाँउका युवा सगै धरान आएको एक जना पब्लीक स्कुको क्वारेन्टाइनमा रहेको र उनको हिजो नै नमुना संकलन गरि परीक्षणको लागि पठाइसकिएको छ ।  

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,623 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी पनि अब कोरोना बाट अछुतो रहेन

    धरान नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ३७५ पुगेको छ । तराइ का जिल्ला मध्ये कोरोना को संक्रमण देखिन बाँकी रहेको सुनसरीमा पनि कोरोना भाइरसको सक्रमित भेटिएका छन ।सुनसरी जिल्लाको गढी गाउपालिकाका एक व्यक्तिमा संक्रमण देखियो । केही दिन अघि भारतबाट आएका उनको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, दैलेख ,झापा , खोटाङका १ १, धनुषाका २ र दैलेखका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।  

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 2,588 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा मन्त्रिपरिषद् बाट पारित

    काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा पारित गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भारतले अतिक्रमण गरेको ठाउँसहितको नक्सा पारित गरेको हो । सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्षको २०७७/७८ को नीति तथा कार्यक्रममै समेत भारतले अतिक्रमण गरेको नेपाली भुभागसहितको नक्सा छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेको थियो । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा शीर्ष नेताहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्ने विषय पनि राख्न सरकारलाई दबाब दिएका थिए ।  

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,296 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारले प्रदेश १ को बर्खे अधिवेशन जेठ १४ गतेबाट शुरु

     प्रदेश सरकारले प्रदेश १ को बर्खे अधिवेशन जेठ १४ गतेबाट शुरु हुने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले सोमबार जेठ १४ गते अपरान्ह २ बजेका लागि प्रदेशसभाको छैटौं तथा बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले अधिवेशनको तयारी तीव्र पारिएको जानकारी दिएको छ । अधिवेशनमा आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अविधेशन साविककै प्रदेशसभा हलमा हुनेछ । केही प्रदेश सांसदहरुलाई भने माथिल्लो तलामा बैठकको स्क्रिनमा प्रत्यक्ष हेर्ने व्यवस्था प्रदेशसभा सचिवालयले गरेको छ । प्रदेश १ मा ९३ ज

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 466 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज थप एक जनामा कोभिड—१९ पुष्टि

     प्रदेश १ मा आज थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फर्किनु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कोरोनाको जोखिम बढाउँदै वीपी प्रतिष्ठान

    धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा रोकथामका लागि सरकारले चैत्र ११ गते देखि लकडाउनको घोषणा गरे पनि धरान उपमहानगरपालिकामा भने चैत्र १० गते देखि लकडाउन शुरु भएको थियो । धरान स्थिती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा लिन आउने बिरामीको चाप र व्यवस्थापनमा कठिनाई हुने भए पछि प्रतिष्ठानकै चिकित्सक तथा पदाधिकारीहरुको आग्रहमा धरानलाइ चैत्र १० गते नै लकडाउन घोषणा गरिएको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गइरहेकै अवश्थामा एकाएक मंगलबार देखि प्रतिष्ठानको ओपिडि सेवा शुरु गर्ने भएको छ । स्थानीय तहको कुनै समन्वय तथा छलफल नै नगरी प्रतिष्ठानले ओपिडि सेवा शुरु गरेको प्रति धरा

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 894 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मान्छे बोलाएर प्रेम विवाह गरेका श्रीमानको हत्या

    विराटनगर । श्रीमतीकै योजनाअनुरुप विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार भर्चुअल प्रेस मिट आयोजना गरी श्रीमती मीना श्रेष्ठ दुलालकै योजनाअनुसार दुलालको हत्या भएको खुल्न आएको हो । जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानले श्रीमती श्रेष्ठले अरु दुई जना युवकको साथ लिएर बेडरुममै श्रीमानको हत्या गरेको जानकारी दिएका छन् । अधिकारीले भने,‘‘श्रीमानसंगको बिग्रदो सम्बन्धका कारण उनलाई सबक सिकाउने भन्दै योजनागत रुपमा मीनाले हत्या गराएको देखिन्छ ।’’ प्र

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 2,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रतुवामाई नगरपालिकाका २५वर्षीय एक युवामा कोरोना संक्रमण

    मोरङ्गको रतुवामाई नगरपालिका १ सोनापुरका २५वर्षीय एक युवा मा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित युवा भारतको मुम्बई बाट २ घर फर्किए र क्वारेन्टाइनमा बसेका थिए । उनको स्वाब संकलन गरि प्रदेश जनस्वास्थय प्रयोगशालामा बिराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रबिन राईले टेलिफोन मार्फत कोशीपत्रलाई जनाकारी दिए । उनको सम्र्पकमा आएका र उनको परीवारका सदस्यहरुर्ला स्थानिय मर्दसा मा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । संक्रमित युवालाइ कोभिड १९ कोरोना उपचार केद« बिराटनगर पठाउने तयारी भइरहेको र उनको परीवारका सदस्यको पि सी आर को लागि नमुना संकलन गरि पठा

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,245 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • थप ५३ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ३५७

    काठमाडौं स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो र संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।  यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १-१ जना गरी ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका प्रवक्ता डा. विकास देवकोटाले जानका

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved