इलाम / ‘हिजो त्यो फटाहाको सञ्जालले तयार गरेको विवरण हेरौं भन्दा हामीसँग सल्लाह भएन, कुन जड्याहाले बनाएको विवरण हो त्यो ? एकराते खेतालाले बनाएको विवरण देखाउने ? हाम्रो इज्जत छैन ?’ ‘हिसाबकिताब अहिले भएन भने अख्तियारलाई भाटेकारबाही म गराइदिन्छु ।’ ‘यो सबै षडयान्त्र मलाई असफल गराउने हो ।’
फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले कर्मचारी प्रति आक्रोसित हुँदै गालि गर्दे थिए । जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सभासद्हरू, जिल्ला समन्वय समिति प्रमुख, जिल्लाका दशै स्थानीय तहका प्रतिनिधि र सरकारी कार्यालयका प्रमुख÷प्रतिनिधिबीच वार्षिक समिक्ष बैठकमा आफ्नो गाउँपालिकाको प्रस्तुतिप्रति श्रेष्ठ आक्रोसित बनेका हुन ।
बैठकमा फाकफोकथुम गाउँपालिकाको प्रस्तुति चलिरहेको बेला सभा कक्षमानै आक्रोषित बनेका श्रेष्ठ हल बाहिर निस्किएर कर्मचारीलाई गालि गर्न थाले । २०७६÷७७ को समिक्ष बैठक चलिरहेको थियो । त्यसैका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे प्रस्तुतिका लागि हलको अगाडि गए । शुरुमै उनले मैले नचिनेका कर्मचारीले बनाएको र नदेखेका जनप्रतिनिधिले गरेको कामको विवरण प्रस्तुत गर्देछु । यसको आशय सरुवा भएर गएको थियो २२ दिन मात्र हुँदैछ मलाई केहि पनि थाहा छैन ।
उनले नचिनेका र नदेखेका कर्मचारी र जनप्रतिनिधिले गरेको कामको विवरण प्रस्तुति गर्न थाले । घिमिरेको प्रस्तुति शुरु भएसँगै अगाडि बसेका प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखले प्रश्न गर्न थाले । ‘कर्मचारी चाहिँ कतिजना हुनुहुन्छ ?’ घिमिरेले जवाफ दिए, ‘म एक्लै । त्यो पनि १ महिना पनि भएको छैन म सरुवा भएर गएको । विषयगत शाखाबाट जे विवरण आयो, त्यही लिएर आएको छु ।’ गाउँपालिकामा ३१ कर्मचारीको दरबन्दी रहेकामा १५ जना कार्यरत छनत्यसमा पनि स्थायी कर्मचारी आफूसहित २ जनामात्रै रहेको घिमिरेले बताए । उनले विषयगत शाखाका कर्मचारीले पनि पञ्जीकरणको काम गर्नुपरेको जनाए । र, थपे, ‘विधिविधानले त मान्दैन तर हाम्रो गाउँपालिकामा कर्मचारी अभावले करार सेवाका कार्यालय सहयोगीले समेत वडा सचिवको काम गर्नुपरेको छ ।’
प्रस्तुतिकै क्रममा आफ्नै अध्यक्षले भने हाम्रोमा एक सय वेडको मात्र क्वारेन्टाईन हो कहाँ बाट तीनसय बेडको आयो ? उनले प्रश्न गरे । घिमिरेको उनको प्रस्तुति सँगै हल बाट प्रस्न, प्रति प्रश्न शुरु भए हल असामान्य बन्दै गयो । हल असामान्य बन्ने देखेपछि जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले तपनई जानु यसलाई सुधार गरेर आउनु भने पछि बाहिर निस्किए । घिमिरे हलको बाहिर निस्किए सँगै अध्यक्ष श्रेष्ठ पनि बाहिर आएर कर्मचारिलाई गालि गर्न थाले । उनले गालि गर्दे गर्दा ‘गाउँपालिका मात्रै पुगौ न महिले जानेको छु के गर्नुपर्छ भन्ने’ अध्यक्ष श्रेष्ठ रिसाउँदै जिल्ला समन्वय समितिको प्रङ्गणमा घुमिरहेका थिए । त्यसै लबेला गाउपालिका उपाध्यक्ष सरस्वती राई पनि हल बाट बाहिरिइन र उनले भनिन ‘बनाएका छौ भनेर हेरौन त भन्दै आएका यस्तो लाज मर्दो पो रहेछ । यस्तो थियो भने त प्रस्तुति नगरेकै भए हुन्थ्योनी ।’ यसो भन्दै भन्दै बाहिर निस्किइन ।
अध्यक्ष उपाध्यक्ष दुवैले हामिलाई नदेखाईकन आफूखुसि प्रस्तुति गरेको भन्दै गालि गरे पनि गाउँपालिकाका आईटी नारायण थापा मगरले हामिले बनाएको विवरण गल्ति भए सच्याउनु पर्छ भन्दै हेर्नका लागि एक एक प्रति प्रिन्ट गरेरै दिएको बताए ।’ उनले भने ‘अध्यक्षले म भर हेर्छु भन्दै गल्लामा हाल्नु भयो अहिले हामिलाई गालि गर्छन ।’
उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत भर्खर आउनु भएको हुँदा उहाँ अगाडि जाने र प्रस्तुतिको लागि आफू जाने सल्ला भएको थियो त्यो नभएर पनि समस्या उत्पन्न भएको हो । यसले गाउँपालिकामा कामै भएको छैन भन्ने म्यासेज गयो तर काम नभएको नै चाहि छैन । ’
यसरी कर्मचारी प्रति जनप्रतिनिधी आक्रोसित बन्दा त्यहा बाहिर रहेका जो कोहिले भन्दै थिए । फाकफोकथुम गाउँपालिकाकै एक जनाले भने ‘हाम्रो गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारी भनेको सत्ता पक्ष र प्रतिपक्ष झै हुन्छ । यसले गर्दा गाउँको विकास दशौ वर्ष पछाडि धकेलिने भयो ।’ ‘जहिल्यै झगडा मात्र हुने गर्छ ।’ तीन वर्षको अवधिमा फाकफोकथुम गाउँपालिकामा ४ प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
जनप्रतिनिधिबीचको आपसी विवाद र जनप्रतिनिधि–कर्मचारीबीचको समन्वय अभावले गाउँपालिको सेवा प्रत्यक्ष प्रभावित भएको स्थानीयको गुनासो छ । जनप्रतिनिधिले ‘अभद्र’ व्यवहार गर्ने डरले कर्मचारी सरुवा भएर जान नरुचाएकोकारण पनि समस्या भएको कर्मचारी स्रोत बताउँछन ।