कोभिडकै कारण बन्द भए विराटनगरका दुई चर्चित होटेल

  • असोज १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । ४१ वर्षे इतिहास बोकेको विराटनगरको नमस्कार होटेल बन्द भएको छ । लकडाउनबाट सिर्जित समस्याबीच होटेल ले आफ्नो सबै सेवा बन्द गर्ने घोषणा गर्दै बन्द भएको हो ।
यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियलले असार ११ गतेदेखि सबै सेवा बन्द गरिएको घोषणा गरेको थियो । तीन महिना नहुँदै नमस्कार होटेल पनि बन्द भएको हो । पर्यटकको कमी र पछिल्लो कोभिड १९ ले अर्थतन्त्रमा परेको नकारात्मक असरबीच विराटनगरका अन्य होटेल को सेवा र आयसमेत प्रभावित बन्न पुगेको छ ।

नमस्कार होटेल का संचालन युनेश श्रेष्ठले तत्काललाई होटेल ले प्रदान गर्ने प्रमुख सेवा लजिङ र फुडिङ बन्द गरेको बताएका छन । नमस्कार होटेल का संचालनमा संलग्न उनी तेस्रो पुस्ताका व्यवसायी हुन । युवासमेत रेहका युनेश हस्पिटालिटी व्यवसायमा संलग्न छ । नमस्कार होटेल अगाडि उनैले संचालन गरेको भ्यालेन्टाइन क्याफेले दिने सेवा भने निरन्तर चल्ने युनेशले बताए ।

नमस्कार होटेल युनेशका हजुरबुवा राजकुमार श्रेष्ठले २०३७ सालमा स्थापना गरेका थिए । उनी निर्माण व्यवसायी पनि थिए । राजकुमारको निधनपछि होटेल छोराहरु युवराज र राजनले संचालन गरेका थिए । पछि राजनले २०५१ सालदेखि विराटनगरकै रोडशेष चौकमा होटेल स्वागतम संचालन गरिरहेका छन । राजन विराटनगरका कहलिएका व्यवसायी पनि हुन । नमस्कार होटेल युवराजले संचालन गर्दै आएकोमा २०६९ मा निधन भएपछि उनका छोरा युनेशले निन्तरता दिएका थिए ।

यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियल बन्द भएको थियो । तीन महिना नहुँदै नमस्कारले पनि बन्द भएको हो । होटेल सञ्चालक हरिभक्त सिटौलाले कोभिडको असरका कारण होटेल धरासायी भएकोले संचालन गर्नुभन्दा बन्द गर्नु नै उपयुक्त लागेको बताएका थिए ।

अहिले होटेल को संरचना रेखदेखका लागि सुरक्षा गार्ड र सफाइ कर्मचारी मात्र राखिएका छन् । जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ वटा मिटिङ हल, एउटा स्वीमिङ पुल र दुईवटा रेस्टुरेन्ट थिए ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved