इटहरी । रानी विराटनगर हुँदै इटहरी, धरान सडक परियोजना अन्र्तगत सडक बिस्तारका क्रममा इटहरीमा बिद्युत सेवा अवरुद्ध हुने भएको छ ।
ईटहरीमा सडक बिस्तारका लागी सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिद्युत अवरुद्ध हुने भएको हो ।
असोज १६ गते देखि २२ गते सम्म इटहरीको साथि पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बिजुली अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण इटहरीले जनाएको छ ।
११ के भि इटहरी फिडवार तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूर्ति भएका बिद्युत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आवरुद्ध हुने भएको छ ।