विश्व पर्यटन दिवसमा दिगो पर्यटनबारे अन्तरक्रिया हुने

  • असोज १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । खेल पर्यटन मार्फत दिगो पर्यटनबारे पर्वतीय खेलकुद महासंघले एक अन्तरक्रिया आयोजना गर्न लागेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर महासंघले प्रदेश नं. १ समितिले जुम मार्फत अन्तरक्रियाको आयोजना गर्न लागेको हो ।

टोकियो मेट्रोपोलिटनका प्राध्यापक विष्णु खनाल, टे«किङ एजेन्सी एशोशिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामा, सोलु दुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राई तथा साहसिक पर्यटनका कलमकार विराट अनुपमले खेल पर्यटनले दिगो पर्यटन निर्माण हुने विषयमा प्रवचन दिने भएका छन् ।

नेपालभरिका सरोकारवालाहरु सहभागी हुने अन्तरक्रिया कार्यक्रमले पर्वतीय क्षेत्रमा खेल मार्फत पर्यटन विकास र समृद्धिबारे चर्चा हुने कार्यक्रमको संयोजक एलिना मगरले बताइन् । मगर महासंघकी प्रदेश नं. १ की महिला सहसंयोजक हुन् ।

कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द भट्टराई, महासचिव सञ्जय पाण्डे, प्रदेश नं. १ का संयोजक भूपाल चाम्लिङ लगायतले सहजीकरण गर्नेछन् । कार्यक्रम सोमबार ३ बजे हुने जनाइएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved