विश्व पर्यटन दिवसमा दिगो पर्यटनबारे अन्तरक्रिया हुने

  • असोज १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । खेल पर्यटन मार्फत दिगो पर्यटनबारे पर्वतीय खेलकुद महासंघले एक अन्तरक्रिया आयोजना गर्न लागेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर महासंघले प्रदेश नं. १ समितिले जुम मार्फत अन्तरक्रियाको आयोजना गर्न लागेको हो ।

टोकियो मेट्रोपोलिटनका प्राध्यापक विष्णु खनाल, टे«किङ एजेन्सी एशोशिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामा, सोलु दुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राई तथा साहसिक पर्यटनका कलमकार विराट अनुपमले खेल पर्यटनले दिगो पर्यटन निर्माण हुने विषयमा प्रवचन दिने भएका छन् ।

नेपालभरिका सरोकारवालाहरु सहभागी हुने अन्तरक्रिया कार्यक्रमले पर्वतीय क्षेत्रमा खेल मार्फत पर्यटन विकास र समृद्धिबारे चर्चा हुने कार्यक्रमको संयोजक एलिना मगरले बताइन् । मगर महासंघकी प्रदेश नं. १ की महिला सहसंयोजक हुन् ।

कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द भट्टराई, महासचिव सञ्जय पाण्डे, प्रदेश नं. १ का संयोजक भूपाल चाम्लिङ लगायतले सहजीकरण गर्नेछन् । कार्यक्रम सोमबार ३ बजे हुने जनाइएको छ ।

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved