धरानको वडा १५ को कार्यालय १ हप्ताको लागि बन्द, उपमहानगरपालिकाको सुचना र घरनक्शा शाखा सिल

  • असोज १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कर्मचारीमा कोरोना पुष्टि भए पछि धरान उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयले सेवा एक हप्ताको लागि बन्द गरेको जनाएको छ ।
कार्यालयले आज सुचना जारी गर्दै असोज १५ गते देखि एक हप्ताको लागि कार्यालय बन्द रहने जनाएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिएको हो ।

वडा कार्यालयका २ जना कर्मचारीलाई संक्रमण देखिएकोले थप फैलन नदिन कार्यालय ७ दिनलाई बन्द गर्ने निर्णय गरिएको अध्यक्ष अध्यक्ष नरेश इवारमले बताए । वडा १५ मा प्रशासनको खरदार र एक जना अमिनलाई संक्रमण पुष्टि भएके छ ।

त्यसै गरि धरान उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई संक्रमण देखिएकाले बिहिबारदेखि सुचना र घरनक्सा शाखाहरुको काम बन्द गरिएको छ । उपमहानगरपालिकाको कार्यालय खुल्ला रहे पनि सुचना र घरनक्सा शाखा सिल गरिएको छ ।

सुचना शाखाका २ जना अधिकृतलाई संक्रमण पुष्टि भएको छ भने घरनक्सा शाखाका २ जना अधिकृतलाई कोरोना पोजेटिभ देखिएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved