इटहरिमा २ जना कोरोना संक्रमितको मृत्यु

  • असोज १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 इटहरी/  सुनसरीको इटहरीस्थित चर्चीत पराजुली होटलका सञ्चालक शिव पराजुलीको कोरोना संक्रमण संगै निमोनीयाका कारण बिहीबार मृत्यु भएको छ ।
पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको उपचारको क्रममा धरान स्थित बिपी प्रतिष्ठान अन्तरगत कोभिड १९ असपतालमा मृत्यु भएको हो ।
पराजुलीलाइ स्वास प्रस्वासमा समस्या देखिए पछि उनको असोज १४ गते बुधबार बिराट मेडिकल कलेजमा पिसिआरबाट स्वाव संकलन गरि परिक्षण गर्दा रिर्पोट कोरोना पोजेटिभ देखिएसंगै सो मेडिकलले बिरामीलाइ धरान स्थित बिपी प्रतिष्ठान धरानको कोबिड १९ असपतालमा रेफर गरेको थियो ।
 
पराजुली इटहरी स्थित क्षेत्रीय रंगशालामा र्निमाण भएको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाइ खाना खुवाउदै आएका थिए । पराजुलीको निधनसंगै इटहरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
 
इटहरीमा दैनिक संक्रमणको दर बढेसंगै मृत्युदर समेत बढेपछि तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने बिषयले चर्चा पाएको छ ।
 
हाल इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ५ सय १६ पुगिसकेको छ । यो संख्या सुनसरीको १२ वटा स्थानीय निकायहरु मध्ये सबैभन्दा बढी संक्रमित भएको निकाय मानिदै आएको छ ।
इटहरीलाइ तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने बिषयमा इटहरीका मेयर द्घारिकलाल चौधरीले संक्रमणको दर र मृत्युदरलाइ मध्यनजर गर्दै थप सुरक्षा सतरकता अपनाएर काम गर्ने र आवस्यक परेको खण्डमा पुन लकडाउन र्गन सकिने बताए।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved