समाचार

    Showing 8,551-8,560 of 8,711 items.
  • झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण

     झापा । झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १५ जना मा कोरोना संक्रमण देखिएको मा दिउँसो थप ८ जना मा पुष्टि भएको छ । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,191 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ४५३

    नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टिद भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले झापा ८जनामा र रुपन्देहीका १ जना गरी जम्मा९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । झापामा १७ वर्षीय, १८ वर्षीय दुई, २० वर्षीय दुई, २३, ५२ र ५५ वर्षीय पुरुषहरु रुपन्देहीका २७ वर्षीय पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार हाल नेपालमा ४ सय ३५ जना रेड जोनमा छन् । जो संक्रमणको उच्च जोखिममा छन् ।

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 700 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्रिमसन अस्पतालमा उपचरारत गुल्मीका कोरोना संक्रमितको मृत्यु

    कोरोना भाइरस संक्रमणबाट गुल्मीका थप एक जना पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । रपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षीय उनको बिहिबार मृत्यु भएको प्रदेश सरकारले जनाएको छ ।।अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । उनको बुधबारनै मृत्यु भएको भन्दै विविभन्न समाचार माध्यमा गलत समचार समेत प्रकाशित भएका थिए ।

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 964 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट प्रदेश १ भित्रनेलाई राख्न तयार छन् होल्डिङ एरिया, क्षमता १४ सय ९५ जना

    विराटनगर । भारत सीमाबाट ह्वारह्वार्ती मानिसहरु भित्रन थालेपछि उनीहरुलाई सीमावर्ती क्षेत्रममै व्यवस्थापन गरिएका होल्डिङ एरियामा राख्न शुरु गरिएको छ । प्रदेश १ मा भारतको बिहार र पश्चिमबंगाल राज्यको विभिन्न नाका हुँदै मानिसहरु नेपालतर्फ भित्रन थालेका छन् । क्वारेन्टाइनकै स्वरुपमा सार्वजनिक विद्यालय, कलेज तथा सामुदायिक र धार्मिक भवनहरुमा निर्माण गरिएका यस्ता एरियामा मानिसहरुको संख्या थपिन थालेको छ । प्रदेश १ सरकारले भारतबाट आउने मानिसलाई सोझै गाउँवस्तीमा पुग्न र समुदायसँग घुलमिल हुन रोकेर कोरोना संक्रमणको जोखिम घटाउने रणनीतिअनुसार काम थालिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानक

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 996 पटक पढिएको
    • "कुमार लुइँटेल "
  • झापाका थप १० जनामा कोरोना भाइरस संक्रमण, प्रदेश १मा जम्मा संक्रमित ७६

    धरान । प्रदेश नम्बर १ मा बुधबार मात्रै१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले साँझ ६ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार झापाका ५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले राति ११ बजे जारी गरेको अद्यावधीक विवरण अनुसार झापाका थप १० जनामा कोरोना पुष्टि भएको हो । सूचना डेक्सकले जनाए अनुसार प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप १० जनामा कोरोना पोजेटिभ

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,167 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख अख्तियारको फन्दामा

     जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख अख्तियारको फन्दामा परेका छन् । डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारको टोलीले प्रक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्दा झा पक्राउ परेका हुन । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको आरोपमा आज पक्राउ गरिएको हो । झाले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखिदिएको र पौडेलले आफ्नो टेबलको घर्रामा ‘‘यो के हो ?’’ भन

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,068 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १३ हजार ५ सय ४४ जनामा कोरोना परीक्षण

    प्रदेश १ मा १३ हजार ५ सय ४४ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार ८ सय १२ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार २ सय ४७ जनाको रिर्पोट नेगेटिभ आएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका र विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई २६ जना डिस्चार्ज भइसकेका छन् । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार ११

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 696 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगी व्यवसायीको पीडा बैंकलाई

    सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज जेष्ठ ७ गते धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच छलफल कार्यक्रमको आयोजना गरिएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उद्योगी व्यवसायीका तर्फबाट धरानका बैंकका प्रमुखहरुको उपस्थिति रहेको थियो । अध्यक्ष सापकोटाले यस छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई सम्बन्धित बैंकहरुले केन्द्रीय कार्यालयमा सुझावका लागि प्रेषित गर्न र संघले समेत सहजिकरण गर्ने बताए । धरान उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले हाल बैंकहरुले तरलतालाई मध्य नजर गर्नुपर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत धरान उपमहानगरपालिक

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक भयो नेपालको नयाँ नक्सा

    काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । आज भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । अब सबै सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम पनि नयाँ संस्करणको नेपाली नक्सालाई नै प्रचलनमा ल्याइने मन्त्री अर्यालले बताइन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको छ । मन्त्री अर्यालले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् । साथै उनले सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न आग्रह गरेकी छिन् । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल साविकको भन्दा ३३५ वर्ग

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,536 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ बाट थप ८ जना डिस्चार्ज

    विराटनगर, ७ जेठ । प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् । आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,290 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved