ब्यवसायसँगै कृषि पेशामा रम्दैछन् खड्का

  • असोज १९, २०७७
  • " आषिस भुजेल "
alt

उर्लाबारी । विश्वभरी फैलिएको कोरोना भाइरस र लकडाउनको कारण ब्यापार ब्यवसाय चौपट बन्यो । अहिले लकडाउन खुलेपनि ब्यापार ब्यवसाय राम्रोसँग चल्न सकेको छैन । व्यापार व्यवसाय नै ठप्प भए पछि वैलल्पिक आयस्रोतको खोजि भइरहेको छ ।
लामो समयदेखि मार्केटिङ व्यवसाय गर्दै आएका मोरङ रतुवामाईका निलम खड्काको वैकल्पिक रोजगारी बनेको छ, कृषि व्यवसाय । उनी मार्केटिङ व्यवसायलाई पनि सँगै लिएर कृषि पेशामा रमाउन थालेका छन् ।

उर्लाबारी नगरपालिका वडा नं. १ मा ४ विघा जग्गा लिजमा लिएर संजिवन खेती, पशुपालन, तरकारी खेती सुरु गरेका छन् । आसपासका क्षेत्रमा २० विघा जग्गा लिजमा लिएर करिब १ करोडको लगानीमा संजिवन र कुरिलो खेती गर्ने योजना बनाइरहेका छन् । ग्रेट एग्रीकल्चर कृषि फर्म नामक फर्म दर्ता गरेर दैनिक ४ जनालाई रोजगारी समेत दिएका छन् । सञ्चालक खड्काले भने–‘यो कृषि फर्म लकडाउनकै उपलब्धि हो, अब ब्यवसाय सँगसँगै कृषिलाई पनि प्राथमिकता दिएर अघि बढ्छु ।’ पहिलो चरणमा १० लाख रुपैयाँ लगानी गरिसकेको उनले बताए । योजनाबद्ध तरिकाले काम अघि बढिरहेको उनको भनाई छ ।

कृषि क्षेत्रबाट राम्रो आम्दानी गर्न सकिने उनले अनुभव सुनाए । १७ बर्षको उमेरदेखि मार्केटिङ ब्यवसायमा प्रवेश गरेका उनले कृषिमा क्रान्ति आवश्यक रहेकाले लकडाउनकै बेला महशुष गरेको बताए । उनले भने, ‘लकडाउनले धेरै कुरा पनि सिकायो, कृषिमा आत्मनिर्भर बनाउनका लागि अव युवाहरु कृषि क्षेत्रमा लाग्नु पर्छ ।’

इष्ट होराइजन उर्लाबारी, इर्जी सप इटहरी, अनि हर्वल उद्योगका सञ्चालक, ग्रेट विजनेसको अध्यक्ष समेत रहेका खड्का सुनचाँदी ब्यवसायमा पनि आबद्ध रहेका छन् । समय मिलाएर ब्यवसाय र कृषिमा समय ब्यतित गर्ने गरेको उनले सुनाए । उनले निकट भबिष्यमा रतुवामाई र उर्लाबारीमा कृषि संजिवन र कुरिलो खेतीलाई ब्यापक रुपमा फैलाउने योजना बनाएका छन् । संजिवनको सब्जीका साथै पातहरु समेत औषधिका रुपमा प्रयोग गर्न सकिने उनको भनाई छ । कुरिलो बहुबर्षीय तरकारी बाली भएको र त्यसको बजारिकरण गर्न सकेको खण्डमा राम्रो आम्दानी दिन सकिने उनले बताए ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved