इटहरी । कोरोना कहर संगै नेपालसंग सिमा जोडिएका भारतीय नाकाहरु बन्द हुँदा नेपाली बजारमा किनमेल गर्नेहरुको भिड बढ्दै गएको छ । चाडपर्व नजिकिदै गर्दा नेपाली बजारहरुमा किनमेल गर्ने स्थानीय उपभोक्ताहरुको घुइचो लाग्न थालेको छ ।
बिगतको वर्षहरुमा चाडपर्व नजिकिदै गर्दा भारतीय बजारहरुले प्राथमिकता पाउने गरेको थियो । सामान्य घरायसी सामग्री लिन पनि भारतीय बजार बिराटनगरको सिमाना जोगवनी बजार पुग्ने गरेका थिए । यस वर्ष कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन थाले पछि सिमानाकामा कडाई हुँदा स्थानीय बजारमा चहलपहल बढ्दै गएको हो ।
सरकारद्घारा जारी गरिएको निषेधज्ञा र लकडाउन केहि मात्रामा खुकुलो भएपनि सिमा नाकाहरु बन्द गरिदिदा नेपाली बजारहरुले थोरै राहत पाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले बताए । भारतीय सिमाहरु बन्द भएकै कारण नेपाली उत्पादनहरुले बजार समेत राम्रो पाएको उनको भनाई छ ।
प्रदेश एककै ब्यापारीक हब इटहरीमा दशैको किनमेलका लागि स्थानीय उपभोक्ताहरुको घुइचो लाग्ने गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गए पछि सुनसरीमा सबैभन्दा बढी जोखिमको क्षेत्र पनि इटहरीलाइ मानिदै आएको छ, तर लकडाउन खुलेर बजारहरु सुचारु भएसंगै इटहरीमा किनमेल गर्ने स्थानीय उपभोक्ताहरुको घुइचो हुने गरेको छ । इटहरीमा मात्र नभइ धरान, तरहरा, दुहबी, इनरुवा, बिराटनगर लगायतका बजारहरु अहिले स्थानीय उपभोक्ताहरुको भिड बढेको हो । सामाजिक दुरीको समेत ख्याल नगरी बढेको उपभोक्ताहरुको भिड नियन्त्रण गर्न भने इटहरी उपमहानगर असफल देखिएको छ ।
चाडपर्वको मुखमा नियमित बजार अनुगमन नहुँदा स्थानीय उपभोक्ता ब्यापारीहरुबाट ठगिदै आएको गुनासो पनि त्यतिकै बढेको पाइएको छ । इटहरीमा सञ्चालन भएका अधिकांस पसलहरुले मुल्य सुचि नराखी सामानहरुको बिक्रिबितरण गर्ने गरेको पाइएसंगै बजारमा उपभोक्ताहरु ठगिएको गुनासो बढेको हो । चाडपर्व नजिकिएसंगै अन्य भन्दा खाद्यान्न, र लत्ताकपडामा उपभोक्ताहरु ठगिने गरेको गुनासो बढेको हो । एउटै खाद्यान्नको मुल्य पसलै पिच्छे फरक फरक भेटिने, म्याद गुज्रीएका सामानहरु बिक्रि गरिने जस्ता गुनासोहरु बढि आउने गरेको इटहरी उपमहानगरका एक कर्मचारीको भनाई छ ।
उपभोक्ताहरुले पनि खाद्यान्नको सामग्रीबाट आफुहरु ठगिएको गुनासो गर्दै आएका छन । बजार महंगो हुँदै गएको इटहरी ४ की चन्द्रकला भट्टराइले बताईन् । उनले भनिन्, ‘पसलै पिच्छे फरक फरक मुख्य छ, अत्यावश्यक सामग्रीको मुल्यमा एक रुपता छैन् ।’
इटहरीको उपमहानगर अन्तरगत बजार शाखाका नवलकिशोर भट्टराईले केहिदिन यता जिल्ला प्रसाशनको कार्यालय सुनसरीका पदाधिकारीहरु सहितको टोलिले बजार अनुगमन गरेको बताए । चाडपर्वलाई मध्यनजर गर्दै प्रसाशनको अगुवाइमा बजार अनगमन गर्दा ब्यवसायीहरुको लापरवाही बढी देखिएको बताए । अनुगमनकै क्रममा अधिकांस पसलहरुबाट म्यादगुज्रीएका सामग्रीहरु जफत गरेको र केहिलाई सामान्य चेतावनी दिएर छाडीएको पनि उनले बताए । कोरोना कहर संगै सुरक्षा सतरकता नअपनाइ सञ्चालन भएका धेरै जसो ब्यवसायीहरुलाइ चेतावनी दिएर छाडिएको उपमहानगरको भनाई छ ।
कर्मचारीमै कोरोना देखिए पछि स्थानीय तहको सेवा प्रभावित
धरान । कोरोनाको महामारीकै बिचमा पनि अग्रपंक्तिमा रहेको काम गर्दै आएका कर्मचारीहरुमा कोरोना संक्रमण देखिन थाले पछि सुनसरीका उपमहानगरपालिकाहरुको सेवा समेत प्रभावित बनेको छ ।
समुदाय स्तरमै कोरोना फैलिदै गए पछि सेवा प्रवा प्रभावित बन्दै गएको छ । लकडाउन खुकुलो भए सँगै बजार खुल्न थाले पछि कोरोनाको संक्रमण पनि बढ्दै गएको छ । सेवाग्राहीहरुको भिड हुने नगरपालिका, वडा कार्यालयहरुका कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि अहिले धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाको सेवा पनि ठप्प झै भएको छ ।
कर्मचारीमा कोरोना पुष्टि भए पछि धरान उपमहानगरपालिकाका वडा कार्यालयहरुले सेवा ठप्प पारेका छन् इटहरी उपमहानगरपालिकाले ३ दिनका लागि सेवा बन्द रहेको जनाएको छ । आइतबार सुचना जारी गर्दै नगरकार्य पालिकाको कार्यालय सहित वडा कार्यालयहरु असोज २१ गते सम्मका लागि बन्द गरेको जनाएको छ ।
कोरोना संक्रमित बढ्दै जाँदा संक्रमण फैलन नदिन धरान उपमहानगरपालिकाको वडा कार्यालयहरू धमाधम बन्द गरीन थालिएको छ । अहिले धरान उपमहानगरपालिकाको सुचना शाखा र योजना शाखा बन्द रहेको छ भने ५ वडा कार्यालयहरु पुर्ण रुपमा बन्द गरिएको छ । वडा कार्यालयहरुले एक साताका लागि वडा कार्यालय बन्द रहेको जनाएका छन् । धरानका वडा नम्बर १, १५, १२, ११, ३ र ८ ले सेवा बन्द गरेको सुचना जारी गरेको छ । अन्य वडाले पनि अति आवश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । एक साता अघि बन्द रहेको वडा नम्बर १६ ले दिनको दुई घण्टा मात्रै सेवा दिने जनाएको छ ।
कर्मचारीमा संक्रमण भएपछि बिहिबारदेखि एकसाताको लागी वडा कार्यालय बन्द गरिएको वडा नम्बर १५ का वडाअध्यक्ष नरेश कुमार इवारुमले बताए । वडा कार्यालय बन्द भए पछि स्थानीयहरु मर्कामा परेका छन् । सामान्य कामहरु गर्न पनि १ साता पर्खनु पर्ने भए पछि मर्कामा परेको स्थानीयको भनाई छ ।
कर्मचारीमा संक्रमण देखिए पनि मिल्न सक्ने सेवाहरु नरोक्न वडा कार्यालयहरुलाई भनिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उनले भने, आफ्नो वडाको स्थीती हेरेर बन्द गरिरहनु भएको छ, सके सम्म बन्द चै नगर्नु भनेका छौं तर समस्या बढ्दै गए पछि विचार गर्नुस भनेका छौं ।’
कर्मचारी सहित जनप्रतिनिधीहरुमा कोरोना संक्रमण देखिदै गएकाले सबै अत्तालिएको अवश्था रहेको उनले बताए । जनताको सेवाहरु प्रभावित भए पछि स्थानीय सरकारले मात्रै निर्णय गरेर मात्रै नहुने प्रदेश र संघीय सरकारले पनि चासो दिनुपर्ने उनको भनाई छ ।