काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठक पुनः दशदिनपछि बस्ने गरि सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकपछि पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले पार्टीको संकटलाई लिएर त्यसको निवारणका लागि छलफल गर्न आज बसेको सचिवालय वैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराउनु भएको बताए । मंसिर १३ गते बस्ने सचिवालयको अर्को वैठकमा यसअघि बैठकमा प्रस्तुत सबै विषयका साथै अध्यक्ष ओलीका तर्फबाट प्रस्तुत गरिने प्रस्तावका बारेमा पनि छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए । यसअघि मंसि
विराटनगर । मोरङको उर्लाबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन । उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने छोमाई तामाङको घरमा ब्राउन सुगर र गाँजा विक्री बितरण तथा सेवन गरिरहेको सूचनाका आधारमा ईप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले छापा हानी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी न.पा. ७ स्कुलडाँडा बस्ने वर्ष २१ की ममता तामाङ,उर्लाबारी न.पा. ७ बरगाछी बस्ने वर्ष २४ को मिलन याक्सो, उर्लाबारी न.पा. ९ भोटेपुल बस्ने वर्ष २८ को आकास लिम्बू, उर्लाबारी न.पा. ७ बरगाछी टोल बस्ने वर्ष १९ को असिम लिम्बू,झापा दमक न.पा. ७ बजार लाईन
धरान/ गत साउनमा जर्बजस्ती करणी गरि फरार भएका एक अभियुक्तलाई प्रहरीले चार महिना पछि पक्राउ गरेको छ । साउन १ गते कटहरी गाउँपालिका ३ को खयरवाना टोल भित्रि बाटोमा एक युवतीलाई जर्बजस्ती करणी गरि फरार भएका मोरङ जहदा गाउँपालिका ५ का विशाल सोनार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार युवतीलाई प्रलोभनमा पारेर जर्बजस्तीकरणी करणी गरि फरार भएका उनलाई मंगलबार प्रहरीले रंगेली नगरपालिका ७, मधुबतीबाट पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको छ ।
धरान/ धान थ्रेसर गर्ने क्रममा मंगलबार दिउँसो ट्याक्टरको इञ्जिन तातिएर अचानक आगलागी भएको छ । बराहक्षेत्र १० प्रकाशपुरका स्थानिय जानुका कार्कीको धान थ्रेसर गर्ने क्रममा इञ्जिन तातिएर आगलागी भएको हो । आगलागीका कारण करिब पन्ध्र मन धान, पराल, ट्याक्टर, थ्रेसरमा क्षति हुँदा करिब २२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए । उनका अनुसार बराहक्षेत्रको दमकल , प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको र मानवीय क्षति भने नभएको बताइएका छन् ।
धरान/ गत कार्तिक ६ गते गठन भएको नेपाल स्किाउटको नवगठित बागमती प्रदेशको तदर्थ समितिका सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलले तदर्थ समितिबाट राजिनामा दिएका छन् । समितिका सदस्य प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै आफुले समितिबाट नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् । उनले राष्ट्रिय तदर्थ समितिका संयोजकले दिएको अभिव्यक्ति गैरजिम्मेवार र विवादास्पद नैतिकता को आधारमा राजिनामा दिएको बताएका छन् । उनको विज्ञप्ति लेखिएको छ, “ २०७७ कार्तिक ६ गते नेपाल स्काउटको अधिकारिक फेसबुक पेजको माध्यबाट नेपाल स्काउटको विज्ञप्ति माफर्त आफु बागमती प्रदेशको तदर्थ समिति सदस्यमा मनोनित भएको जा
धरान : प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् । ती मध्ये ३६ जना पुरुष र २० जना महिला रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ३१ जना संक्रमण पुष्टि भएको छ भने झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा ४ जना, इलाममा १ जना र प्रदेश बाहिरका ३ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १९ जना, उर्लाबारीमा ८ जना र मिक्लाजुंगमा ४ जना संक्रमित थपिएका छन् । झापाको दमक नगरपालिकामा १० जना, गौरादह नगरपालिकामा ५ जना, गौरीगञ्ज नगरपालिकामा १ जना र मेचीनगरमा १ जना संक्रमित थपिएको छ । सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्जमा १ र इनरुवा नगरमा १ जना संक्रमित थपिएक
प्रदेश नं। १ को झापा जिल्ला स्थित दमक नगरपालिका ५ निवासी राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय सचिब अविन मेन्याङ्गबोको आमा स्व.पदम कुमारी बेघाको २०७७ मंसिर १ गते निधन भएको छ । स्व.बेघा बिगत केही समय यता मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो । पछिल्लो समय मंसिर १ गते स्वस्थ्यमा गम्भीर समस्या उत्पन्न भै धरान स्थित बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको तथापि बिरामिलाई तत्काल आईसियु बेड चाहिएको हुदा बिराटनगर लैजादै गर्दा राती १० बजेर ३० मिनेट जादा निधन हुनु भएको थियो । पारिवारिक सुत्रबाट प्राप्त जानकारी अनुरुप उहाको पार्थिक शरीरलाई मंसिर २ ग
धरानः प्रदेश १ मा आज २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३–३, रंगेली र बेलबारीमा २–२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४–४, बर्जु र गढीमा १&nd
धरान । यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् । साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ । त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षीण र उपहार दिने चलन रहिआएको छ । यस वर्षको भाइटीकाको साइत मंसिर १ गते सोमबार मध्याह्न ११ः३७ मा उत्तम रहेको ने
सुनसरी । चाडपर्वको बेलामा जुवा तास खेलिरहेको अवश्थामा उदयपुर प्रहरीले नगद सहित ९ जनालाई पक्राउ गरेको छ । शनिबार उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाटि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको अवश्थामा सुनको सिक्री, औठी सहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुृरले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष प्रहरी टोलि खटीगई तास १ बुङ, मोबाईल १७ थान ,कौडा (१९ वटा, मोटरसाइकलको ६ थान चाबी, सुनको सिक्री २ थान , सुनको औंठी ३ थान , कृषि बिकास बैंकको १ लाखको चेक, नबिल बैंकको २ लाख दस हजारको चेक, नगद रु।२ लाख ४७ हजार १ सय १७ रुपैया नगद सहित पक्राउ गरेको