प्रदेश १ मा आज थप २ सय ७० जनामा संक्रमण थपिए

  • मंसिर १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानः प्रदेश १ मा आज २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३–३, रंगेली र बेलबारीमा २–२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४–४, बर्जु र गढीमा १–१ जना छन् । झापाको कमल गाउँपालिकामा ६, दमक, अर्जुनधारा र गौरादहमा ५–५, विर्तामोड र हल्दिबारीमा २–२, गौरीगञ्ज, मेचीनगर, भद्रपुर र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगामा ६, बेलका र चौदण्डीगढीमा १–१, पाँचथरको फाल्गुनन्दमा ३, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, , ताप्लेजुङको आठराई त्रिवेणीमा १, संखुवासभाको मादीमा १, ते¥हथुममा १, इलाममा १, खोटाङको साकेलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार २० पुगेको छ ।

प्रदेश १ मा आज १९७ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार १२८ पुगेको छ । प्रदेश १ मा आज ५८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार ९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved