प्रदेश १ मा आज ५६ जनामा कोरोना संक्रमण , ७ सय ४० जना डिस्चार्ज

  • मंसिर २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान : प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् । ती मध्ये ३६ जना पुरुष र २० जना महिला रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ३१ जना संक्रमण पुष्टि भएको छ भने झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा ४ जना, इलाममा १ जना र प्रदेश बाहिरका ३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १९ जना, उर्लाबारीमा ८ जना र मिक्लाजुंगमा ४ जना संक्रमित थपिएका छन् । झापाको दमक नगरपालिकामा १० जना, गौरादह नगरपालिकामा ५ जना, गौरीगञ्ज नगरपालिकामा १ जना र मेचीनगरमा १ जना संक्रमित थपिएको छ । सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्जमा १ र इनरुवा नगरमा १ जना संक्रमित थपिएका छन् ।इलाममा १ र प्रदेश बाहिरको जिल्लाबाट ३ जना संक्रमित थपिएका छन् ।

यसैगरि, प्रदेश १ मा आज ७४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ ।

प्रदेश १ मा आज १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved