जुवा खेलिरहेको अवश्थामा नगद सहित ९ पक्राउ

  • मंसिर १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । चाडपर्वको बेलामा जुवा तास खेलिरहेको अवश्थामा उदयपुर प्रहरीले नगद सहित ९ जनालाई पक्राउ गरेको छ ।

शनिबार उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाटि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको अवश्थामा सुनको सिक्री, औठी सहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुृरले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष प्रहरी टोलि खटीगई तास १ बुङ, मोबाईल १७ थान ,कौडा (१९ वटा, मोटरसाइकलको ६ थान चाबी, सुनको सिक्री २ थान , सुनको औंठी ३ थान , कृषि बिकास बैंकको १ लाखको चेक, नबिल बैंकको २ लाख दस हजारको चेक, नगद रु।२ लाख ४७ हजार १ सय १७ रुपैया नगद सहित पक्राउ गरेको छ ।

जुवाखालबाट जिल्ला उदयपुर त्रियुगा न।पा।(११ बस्ने बर्ष ४९ को प्रेम भट्टराई, वर्ष ४० का मन्दिप राई, ४० का राजन कुमार राउत, वडा नम्बर १० बस्ने बर्ष २० को ईश्वर खड्का, वडा नम्बर १२ बस्ने बर्ष ४५ को बल ब। कार्की, त्रियुगा न।पा (१ बस्ने बर्ष ४० को नबिन राई, त्रियुगा ८ बस्ने बर्ष ४२ को पुरुषोत्तम कार्कि, ११ बस्ने बर्ष ४१ को मेख ब।राई, उदयपुर त्रियुगा न।पा (३ बस्ने बर्ष २९ को सुनिल चौधरी पक्राउ परेका छन् । साथै जुवा खालमा मोबाईल छोडी फरार रहेका एबिराज राई, अनिल खड्काको खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved