नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका सदस्य गुणराज प्याकुरेलले दिए राजिनामा

  • मंसिर ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ गत कार्तिक ६ गते गठन भएको नेपाल स्किाउटको नवगठित बागमती प्रदेशको तदर्थ समितिका सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलले तदर्थ समितिबाट राजिनामा दिएका छन् ।

समितिका सदस्य प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै आफुले समितिबाट नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् ।
उनले राष्ट्रिय तदर्थ समितिका संयोजकले दिएको अभिव्यक्ति गैरजिम्मेवार र विवादास्पद नैतिकता को आधारमा राजिनामा दिएको बताएका छन् ।

उनको विज्ञप्ति लेखिएको छ, “ २०७७ कार्तिक ६ गते नेपाल स्काउटको अधिकारिक फेसबुक पेजको माध्यबाट नेपाल स्काउटको विज्ञप्ति माफर्त आफु बागमती प्रदेशको तदर्थ समिति सदस्यमा मनोनित भएको जानकारी पाए पश्चात नेपाल स्काउटले आफ्नो योगदानको कदर गरेको हुन सक्ने लागेको थियो तर, केही दिन अघि सन्चारमाध्यम मार्फत राष्ट्रिय तदर्थ समितिका संयोजकले दिएको अभिव्क्ती विवादास्पद तथा गैरजेम्मेवार पूर्ण रहेको छ , विगतमा गैर राजनैतिक संगठनको छबि बनाउन सफल नेपाल स्काउटलाई अमुक पार्टिको भर्ति केन्दको रुपमा स्थापित गराउन चाहेको स्वीकारोक्ति स्वयं संयोजकज्युले गरिसकेको अबस्थामा उक्त प्रदेश तर्दथ समितिको सदस्यको हैसियतले सो ठाउँमा बसि राख्न मेरो नैतिकताले नदिने हुदा यसै विज्ञप्ति मार्फत राजिनामा दिएको जानकारी गराउद छु । ” भनिएको छ ।

साथै उनले आगामी दिनमा पनि विगतमा जस्तै स्काउटको सकारत्मक परिवर्तनका लागि सदैव लागि रहने र लडि रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved