विराटनगर । प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । ७ जना भने रोग ठिक भई घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरी र उदयपुरमा चार चार जना, मोरङमा तीन र झापामा दुई जनामा संक्रमण देखिएको हो । नयाँ संक्रमितमा सुनसरीको धरानका चार जना पुरुष, उदयपुरको बेलकाका चार जना पुरुष, मोरङको विराटनगरका दुई जना पुरुष, मोरङको सुन्दरहरंैचाका एक पुरुष र झापाको भद्रपुरका दुई जना पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ । प्रदेश १ मा आजै ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका दुई दुई जना र सुनसरीका एक
आज थप ७० जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ७० जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । मृत्यु हुनेमा काठमाडौंको वडा नं १० शंखमूलका ६० वर्षीय पुरुष,सिन्धुपाल्चोकका ४५ वर्षीय पुरुष,काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी०)अस्पतालमा ५४ वर्षीय पुरुष रहेका छन् । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक संक्रमितको मृत्यु भएकोछ । यो सँगै मृतकको संख्या ३८ &
सुनसरी । पच्चिस सय रुपैयाको प्रलोभनमा परेर सुनसरी स्थित देवानगञ्ज गाउँपालिकाका एक युवाको हत्या भएको खुलेको छ । ससुराली आएका देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय मिथुन उरावको हत्या भएको खुलेको हो । उनकै ससुरा र सासुले स्थानीय युवाहरुलाई पच्चिस सय रुपैयाको प्रलोभन देखाएर हत्या गराएका हुन् । गत असार ६ गते सुनसरीको गढी गाउँपालिकाको बुढि खोलामा उरावको शव माटो मुनि पुरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । घटना असार ३ गते भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शवको थप अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले ससुरा रामदेव उराँव, सासु छव
धरान । वर्षा शुरु भए सँगै खोला किनारमा बस्दै आएका सुकुम्बासी बस्तीवासीहरु रातभर जागै बस्ने गर्छन् । वर्षाले घर बगाउँला कि भत्काउला भन्ने चिन्तामा सदैव रहने गर्छन् । खोला बाढीमो जोखिममा रहेका सुकुम्बासी बस्ती जोगाउने नारा अहिले सम्म चुनाव ताका मात्रै घन्किने गर्दछ । तर चुनाव जिते पछि बस्ती जोगाउनका लागि तटबन्धनका लागि कसैको पनि चासो बन्ने गर्दैन् । वर्षेनी धरानमा खहरे, सर्दु र सेउती खोला किनारमा बसेका सुकुम्बासी बस्तीहरु वर्षा लागे पछि रातभर जागै बस्नु पर्ने अवश्थामा छन् । वर्षौ देखि चुनावी नारा बन्ने गरेको बस्ती जोगाउने नारामै सिमित रहँदा सुकुम्बासी बस्ती वासीहरु सदैव जोखिममै रहने गरेका छन् ।
धरान/ बैदेशिक रोजगार बाट फर्किएर क्वरेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाको एन्फा क्वारेनटाइनमा बसेका ४ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितहरू धरान १३ का ६६ वर्षीय पुरुष र धरान ८ का ३७ वर्षीय पुरुष बराइनबाट आएका हुन भने धरान ८ का २५ वर्षीय पुरुष र धरान ५ का २६ वर्षीय पुरुष साउदीबाट एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् । बराइनबाट २२ गते र साउदीबाट २३ गते नेपाल आई पुगेका उनीहरू चतरामा रहेको होल्डीङ सेन्टर हुँदै धरान १७ को एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् । उनीहरूमा कोरोना पोजेटिभ देखिएपछि अहिले उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको
धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकटे क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्था मार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई नगरपालिकाले कमै रोप्ने ५ वटा अत्याधुनिक मेसिन सहित विभिन्न कृषि औजारहरु वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए । कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले नगरका केही कृषि फर्म तथा कृषकहरुलाई १२ वटा मिनी टिलर, ५ वटा डिजिटल आधुनिक काँटा, ३ वटा स्प्रे र ३१ थान त्रिपाल वितरण गरिएको छ । परम्परागत कृषि खेती प्रण
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १० जना डिस्चार्ज भएका छन् । उनीहरु ४देखि ४७ बर्ष सम्मका व्यक्तिहरु झापाका १० जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला ७ जना र पुरुष ३ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १०, १७१८, र २२ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ३५ जना उपचाररत छन् भने २२७ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,१६४ पिसि आर परिक्षण गरिएको छ ।&nb
धरान । मेयर तिलक राईको नाममा देखिएको बेरुजुको बिषयमा स्पष्ट पार्न कार्यपालिका सदस्यहरुले माग गरे पछि चित्तबुझ्दो जवाफ न आएको भन्दै नेकपा निकट सदस्यहरुले बैठक बहिष्कार गरेका छन् । असार १० गते उद्घाटन भएर स्थगित भएको नगर सभाको वडामा जाने बजेटको बिषयमा कार्यपालिकाले निर्णय गर्नको लागि बोलाइएको बैठकमा वडाअध्यक्षहरुले सुरु मै बेरुजुको बिषयमा स्पस्ट पार्न माग गरेका थिए । मेयर साबको चित्तबुझ्दो जवाफ नआएकोले बैठक बहिष्कार गरिएको वडा नम्बर १६ का वडाअध्यक्ष दिल कुमार गिरिले बताए । उनले भने, नगर प्रमुख नै आफै बेरुजुमा देखिँदा समग्र धरानकै नेतृत्वमाथी प्रश्न उढेको छ, मेयरसाब क्लियर हुनुप
आज थप ११८ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११८ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ८ हजार ११ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेरुदण्डको संरचना (Vertebral Column) मानव शरीरमा मेरुदण्डको (Vertebral Column) तैतीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईवाट बनेको ५ वटा खण्डहरुमा विभाजित गर्न सकिन्छ : गर्धनको ७ वटा सर्भिकल भर्टिव्राई, १२ वटा थोरासिक भर्टिव्राई , ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिव्राइ । यी भर्टिव्राइहरु लिगामेन्टहरु, माँसपेशी, फसेट जोर्ने र इन्टरभटिव्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएको हुन्छ । इन्टरभटिव्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाई (Height) बढाउन मदत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई क