धरान । विगत २० वर्ष देखि सञ्चारक्षेत्रमा सक्रिय रहेका पत्रकार गोबिन्द बस्नेत कोशीपत्र राष्ट्रिय दैनिक पत्रिकाको समाचार सम्पादकमा नियुक्ति भएका छन् ।
बस्नेतलाई कोशीपत्र दैनिकले सोमबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा स्वागत गरेको छ ।
उनलाई समाचार सम्पादकको रुपमा जिम्मेवारी दिदै कोशीपत्र मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक योगेशबाबु काफ्लेले नियुक्तिपत्र प्रदान गरे ।
उनलाई प्रालिका अध्यक्ष शंकर घिमिरे, सम्पादक राजेश विद्रोही, कार्यकारी सम्पादक दिनेश गजमेरले स्वागत गरेका थिए । बस्नेत लामो समय देखि टेलिभिजन, पत्रिकामा काम गर्दै आएका हुन् ।
उनी हाल हिमशिखर टेलिभिजनमा आवद्ध छन् भने धरान साप्ताहिकको कार्यकारी सम्पादक हुन् । बस्नेत नेपाल पत्रकार महासंघ सुनसरीका कोषाध्यक्ष समेत रहेका छन् ।