युनियनद्वारा कोरोना संक्रमित पत्रकारलाई बिमा रकम प्रदान "धरान युनियनमा मात्रिका"

  • पुस २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणको अवश्थामा पनि कलम चलाईरहँदा संक्रमण पुष्टि भएका पत्रकारहरुलाई कोरोना बिमा रकम प्रदान गरेको छ ।

नेपाल प्रेस युनियन सुनसरीले कोरोना बिमा गरिदिएको थियो । २ सय ६० जना पत्रकारहरुको कोरोना बिमा गरिएको मध्ये सोमबार ९ जनालाई कोरोना बिमा रकम प्रदान गरिएको हो ।

यस अघि ६ जनाको कोरोना बिमा प्रदान गरिसकेको छ । बाँकी रहेका कोरोना संक्रमित पत्रकारहरुलाई चाडै नै बिमा रकम प्रदान गरिने युनियनका अध्यक्ष पवन विवश अधिकारीले बताए । कोरोना बिमा बापतको एक लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

नेपाल प्रेस युनियन सुनसरीले गत जेठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं कम्पनी मार्फत गरिएको कोरोना बिमा अन्तर्गतको रकम कोरोना संक्रमण भई निको भएकाहरूलाइ वितरण गरिएको हो । प्रेस युनियनका जिल्ला अध्यक्ष अधिकारीका अनुसार निर्मल कार्की, सन्तोष काफ्ले, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सीना, कृष्ण प्रसाद अधिकारी, शिशिर राई, संजीता धमला र भरत राज शर्मा (गोपाल)लाई जनही एक लाख रुपियाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

बिमा ब्यावस्थापन समिती संयोजक एवं प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष कृष्ण अधिकारी सहित पुर्व अध्यक्षहरु गणेश निरौला धरानका अग्रज पत्रकार हर्ष सुब्बाले प्रेस युनियनले गरेको कार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रमकै अवसरमा मस्तिष्क पक्षघात भएर विराटनगर स्थित नोबेल अस्पतालमा उपचार गराईरहेका दिलिप रेनोहाङलाई पनि आर्थिक सहयोग गरेको छ । युनियन जिल्ला समितीको तर्फबाट उनको उपचारका लागि १० हजार रुपैया प्रदान गरेका थिए ।

युनियन अध्यक्षमा मात्रिका

बिमा रकम प्रदान कार्यक्रम पश्चात बसेको युनियन धरानको बैठकले कपुरीन्युज डटकमका अध्यक्ष मात्रिका प्रसाद नेपाललाई अध्यक्षमा चयन गरेको छ ।

धरान स्थित सेछ होटलमा बसेको भेलाले नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यस अघि उनी सचिव थिए ।

समितीको उपाध्यक्षमा उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सह–सचिवमा संगिता राई, कोषाध्यक्षमा बसन्त राई र सदस्यमा रोहित कुलुङ, सुविक्षा राई र संजिता धमला चयन भएका छन ।

भेलाले निर्वतमान अध्यक्ष शुक्रान्त राईलाई जिल्ला सदस्यमा मनोनयनका लागी सिफिरीस गरेको छ ।
भेलाले तिन सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । निर्वतमान अध्यक्ष शुक्रान्त राई, लक्ष्मण थापा र विनय प्रधानलाई सल्लाहकारमा चयन गरेको हो ।

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved