नेकपा विभाजनको घोषणा भएको छैन : मन्त्री तुम्बाहाम्फे

  • पुस २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेकपा विभाजन भयो भनेर घोषणा गर्न बाँकी रहेको भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले बताएकी छन ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले भनिन, “नेकपा विभाजन भयो भनेर घोषणा नै भएको छैन ।” उनले कालापानी, लिम्पियाधुरा समेटिएको नक्सालाई निसान छापमा समेटेर संविधानले समेत चिन्ने बनाउँदा समर्थन गर्नेहरुले सरकारको राम्रो काम बारे भने बोल्न नसकेको बताइन ।

पहिले सरकारमा हुनेहरुले संसदमा साथ दिएको तर सरकारले गरेका राम्रा कामबारे भने प्रशंसा गर्न नसकेको जिकिर गर्दै भनिन्, “केही अघिसम्म सरकारमा हुनेहरुले पनि सरकारले गरेका राम्रा कामबारे भन्न सक्नु भएको छैन ।”

उनले चुनाव हुँदैन भनेर शंका नगर्न आग्रह गर्दै सुरक्षा निकाय र निर्वाचन आयोगले तयारी गरेपछि चुनाव सुनिश्चित हुने दाबी गरिन ।

मन्त्री तुम्बाहाम्फेले संविधान विघटन अग्रगमनका लागि उचित भएको सुनाउँदै प्रदेशसभा पनि विघटन हुन्छ भनि सोधिएको प्रश्नमा कानुनी रुपमा प्रदेशसभाको आफ्नै ऐन कानुन भएकोले यो क्षेत्राधिकार प्रदेशकै हुने बताइन ।

उनले भनिन्, “प्रदेशको आफ्नै कानुन र अधिकार छ यसको निर्णय प्रदेशले नै गर्ने हो ।” उनले नेकपाको खातापाता सम्बन्धी विवाद नियमअनुसार कानुनी प्रक्रिया पुरा गरी बन्द गर्नुपर्ने बताइन ।

दाहाल–नेपाल समूहले नै कार्वाहीको श्रृंखला शुरु गरेको जिकिर गरिन । विदेशी शक्तिले जोड्ने र तोड्ने भन्दा पनि यो आफै हुने अनि नियम अनुसार हुने विषय भएको बताइन ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved