रुकुम हत्या प्रकरण :पिडित परिवार काठमाण्डौंमा, कारवाही हुने प्रधानमन्त्रीको प्रतिवद्धता

  • पुस २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल फोटो

सुनसरी । विगत ७ महिना अघि भएको रुकुम हत्याकाण्डका पिडितहरुले अझै पनि न्याय पाएका छैनन् ।

न्यायका लागि रुकुम जिल्ला अदालत र सुर्खेत उच्च अदालत सम्म हार—गुहार गरे पनि दोषीहरु उम्काउने दाउपेच रहेको भन्दै अहिले पिडित परिवार काठमाण्डौंमा आन्दोलनरत छ ।

न्याय खोज्दै संघीय सरकार समक्ष पुगेका रुकुम हत्याकाण्डका पिडित परिवारले पिकडलाई हदै सम्मको कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

प्रधानमन्त्री ओलि समक्ष घटनामा मृत्यु भएको नवराज विकका बाबु मुनलाल विकले जातिय विभेदकै कारण योजनाबद्ध ढंगले हत्या गरिएको भन्दै मृत्युदण्डको कारवाही हुनुपर्ने माग गरे ।

उनले भने, वडाअध्यक्ष र मल्ल समुदायको प्रभावमा रहेर प्रहरी प्रशासनले समेत घटनामा रमिते बन्दै घटनाका प्रमाणहरु नष्ट गर्ने गरी उल्टो घाइते युवाहरुलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको भन्दै प्रहरी प्रशासनमाथि पनि कारबाही गर्न अनुरोध गरे ।

नवराज विक र उनका पाँच साथीका आमा–बाबु न्याय खोज्दै जाजरकोटबाट काठमाडौं आइपुगेका पीडितहरुको टोलीसँग प्रधानमन्त्रीले बालुवाटामा भेट गरी दोषीहरुलाई हदैसम्मको कारबाही गर्नेे प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले जातको निहुँमा निर्मम ढंगबाट हत्या हिंसा मचाउने र अराजनीतिक गतिविधि गर्ने जो कोहीलाई पनि कारबाही हुने बताउँदै हत्यामा संलग्नहरुलाई कानुन उपर हदैसम्म कारबाही गर्ने गरी कानुनी प्रक्रिया अगाडी बढेको बताए ।

समाजमा जातीय विभेद छुवाछुतसँगै दुव्र्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाही र दण्डित गरिने बताउँदै प्रधानमन्त्री ओलीले प्रेम गरेकै कारण नवराज विक लगायत ६ जनाको हत्या जातीय आधारमा भएको बताए । उनले भने, ‘समाजभित्र जातीय अवशेषहरु अझै कायम छन्, यो घटना यसको रुप हो ।’

प्रधानमन्त्रीसँगको भेटमा नवराजको बाबुको अनुरोधपछि प्रधानमन्त्री ओलीले सरकारले रुकुम घटनालाई निकै गम्भिर रुपमा लिएको र प्रहरी प्रशासनले समेत गल्ती कमजोरी गरे सबैलाई कारबाही हुने मृतकका परिवारहरुलाई आश्वासन दिए ।

उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, हत्यामा संलग्नहरुलाई सरकारले कारबाही गर्छ ।’गत १० जेठ जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको सोती पुग्दा गाउँलेहरुले सामुहिक र सुनियोजित ढंगबाट ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी शाही, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी नेपाली र सञ्जु विकका आमा सविता विक काठमाडौं आएका छन् ।

उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र आमासहित ६ जनालाई छोडिसकेको छ । उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ ।

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved