धरान/ धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोेलेसनमा उपचार गराईरहेका सप्तरीका ७३ वर्षीय एक पुरुषको मृत्यु भएको हो । स्रोतका अनुसार रातिकोे करिब १० बजे तिर उनको मृत्यु भएको हो । ईलाका प्रशासन कार्यलयका प्रमुख चन्द्र बहादुर कार्कीले स्थानिय एक सञ्चारमाध्यम सगँ कुरा गर्दै प्रतिष्ठानमा उपचरारत सप्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे । उनले थपे “ प्रदेश मा यो मृत्युको पहिलो घटना भएकाले शव ब्यबस्थानपनको लागि आर्मी सिडिओसगँ समन्व
इटहरी / इटहरी उपमहानगरका लेखा अधिकृत पाेख्रेल ६५ हजार घुस सहित पक्राउ इटहरी ।अख्तियार दुरूपयाेग अनुशन्धान आयोग प्रदेश एक कार्यालय इटहरीकाे बिशेष टाेलीले इटहरी उपमहानगरका लेखा अधिकृत बिकास पाेख्रेललाइ रू ६५ हजार घुस रकम सहित बिहीबार दिउसाे पक्राउ गरेकाे छ । अख्तियारकाे टाेलीले बिशेष सुराकिकाे आधारमा उनलाइ इटहरी ६ बिपि चाैकस्थित समिप हाेटलबाट रू ६५ हजार सहित रंगेहात नियन्त्रणमा लिएकाे हाे । पक्राउ पाेख्रेल इटहरी ६ का वासिन्दा हुन । सेवाग्राहिबाट काम गरे वापत रकम वार्गेनिङ गर्ने गरेकाे शुचना पाएपछि अख्तियारकाे टाेलीले उनिमाथी बिशेष निगरानी बढाएकाे थीयाे । बिहीबार सेवाग्राहिबाट रू ६५ हजार लि
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरलाई कार्यक्षेत्र बनाई स्थापित सदाबहार मिडिया प्राली आज(बिहिवार)बाट औपचारिक रुपमा कार्य संचालनमा आएको छ।१ नम्बर प्रदेश सुनसरीको बराहक्षेत्र नगरपालिकामा मुख्य कार्यलय रहेको प्रालीले आज(बिहिवार)बाट नियमित रुपमा कार्य गर्ने प्रालिका अध्यक्ष बिजयकुमार राउतले बताए। राउतका अनुसार मिडिया हाउसले सदाबहार न्युजको अनलाइन पोर्टल, मासिक पत्रीका, अनलाइन टिभी र बराह खबर राष्ट्रिय दैनिक पत्रीका संचालनमा ल्याउनेछ। सदाबहार न्युज डट कमको अनलाइन समाचारको प्रकाशन सुरु भैसकेको भएपनी प्राबिधिक कारणबश अन्य माध्यमहरु छिट्टै आउने राउतको भनाई छ। विकास, परिवर्तन तथा समृद्धिका लागि स
सुनसरी । दलित समुदायको अधिकार र कानुन निर्माण र कार्यान्यवनका लागि स्थापना गरिएको राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन भएको लामो समय भए पछि कुनै काम गर्न त सकेन नै तर वार्षिक रुपमा गाडि चै जोडिरहेको पाइएको छ । आयोगले गाडि खरिद देखि बाहेक कुनै पनि काम गर्न नसकेको हो । दलित समुदाय माथि हुने विभिन्न विभेदका घटना तथा कानुनी अड्चनहरु हटाउने उदेश्यले २०५८ सालमा आयोग गठन भएको थियो । तर विगत ४ वर्ष देखि पदाधिकारी विहिन बनेको छ । पदाधिकारी नहुँदा कर्मचारीहरुका लागि गाडि खरिद भने रोकिएको छैन् । आयोगले आर्थिक वर्ष ०७५÷०७६ मा १४ वटा सवारी साधन खरिद गर्न बाहेक अरु प्रगति देखिएन् । पदाधिकारी विहिन रह
विराटनगर । झापामा खोलामा डुबेर एक ३ वर्षीय बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने प्रविन मुर्मुका ३ वर्षीय छोरा ऋषि मुर्मुको पानीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहीबार घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि उनलाई बि.एण्ड.सी अस्पताल बिर्तामोड लगेका थिए । तर, अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
विराटनगर/ प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४–४, मोरंगमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २–२ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, विराटनगरमा २ महिला, १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ । प्रदेश १ बाट आज १४ जना डिस्चार्ज भएका छन् ।
आज थप १६७ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या११ हजार २ सय ४९ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । साउन १ गते देखि अनलाईन कक्षा स्थगित गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने प्याब्सन र एन प्याब्सनको निर्णय फिर्ता लिन संस्थागत विद्यालय शिक्षक युनियनले माग गरेको छ । युनियनको राष्ट्रिय समितीले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनको बहानाबाजी गरी एकातिर अघिल्लो शैक्षिक सत्र देखिको तलब नदिने तथा अर्को तर्फ यस विषम परिस्थितीमा शिक्षक कर्मचारीको रोजीरोटी खोस्ने कार्य गैरकानुनी, अमानवीय एवंघ घोर भत्र्सनायोग्न रहेको भन्दै प्याब्सन र एन प्याब्सनको निर्णय आत्मघाती रहेको जनाएको छ । विगत ६ महिना देखि तलब नपाएको गुनासो गर्दा समेत सरकारले संस्थागत विद्यालयका शिक्षक कर्मचारीको समस्या प्रति गम्भिर न
धरान । धरान बहुजातिय बहुसाँस्कृतिक शहरको रुपमा परिचित छ । यहाँका मठमन्दिर र समुदायको बसोबासले पनि धरानलाई साँस्कृतिक शहरको रुपमा पहिचान दिलाएको छ । यसै बिच किरातीहरुको सँस्कृति झल्काउने साँस्कृतिक सामग्री वाबु (चिन्डो) को प्रतिमा अनावरणले धरानको पहिचानलाई अझ मजबुत बनाएको छ । धरानको वडा नम्बर १८ को बुद्धचोकमा वाबुको प्रतिमा अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथी भाषाविद प्रा.डा. टंक न्यौपानेले प्राचीन सँस्कृतिको संरक्षण गरिएको र बहुसाँस्कृतिकपनमा मात्र राष्ट्रियता देखिने बताए । संघीय गणतन्त्रमा नेपाल प्रवेश गरेपछि देखिएको साँस्कृतिक चेतना र साँस्कृतिक विकासको उदाहरणको रुपमा अनावरण भएको चिण्डोला
इलाम । इलाममा एकै दिन ६ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का १जना, इलाम नगरपालिका १० का ३ जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनीका पुरुष रहेको जनाइएको छ । जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो । कुवेत साउदी, कतार, गृषबाट आएका एकएक जना, भारतबाट आएका एक जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान छन् । पाँच जना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्