समाचार

    Showing 8,001-8,010 of 10,045 items.
  • प्रतिष्ठानमा आजबाट कोभिड १९ विरूद्धको “कोभिसिल्ड” खोप लगाउन सुरू (तस्वीर सहित)

    धरान:  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (बुधबार)बाट कोभिड १९ विरूद्धको “कोभिसिल्ड” खोप लगाउन सुरू गरीएको छ । आज विहान साढे १० बजे प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले खोप लगाउँदै अभियानको शुभारम्भ गरेका छन । नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने तयारी गरे अनुसार नै आजबाट प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारी लगायतहरूलाई खोप लगाउने कार्य सुरू भएको उपकुलपति गिरीले जानकारी गराए । खोप लगाएपछि आफ्नो स्वास्थ्य स्थिती सामान्य रहेको र खोप शतप्रतिशत सुरक्षित रहेको उनले बताए । प्रतिष्ठानका श

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,182 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा आजदेखि कोरोना भाईरस विरुद्धको खोप सञ्चालन

    इलाम/ इलाममा बुधबार देखि कोरोना भाईरस विरुद्धको खोप सञ्चालन हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणर्मो चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी लाई बुधबार देखि लगाउने पत्रकार संम्मेलन गरी जानकारी दिईएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले ‘इलाममा १७ सय जनामा खोप लगाउने तयारी भईसकेको र खोप लगाउँदा १८ वर्ष देखि मावथ उमेर समूहकालाईल लगाईने बताए ।’, ‘त्यसमा गर्भवती महिला,रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष मुनिकालाई खोप नलगाउने उनको भनाई छ ।’ ‘एक व्याक्तिले खोपको डोज पूरा गर्न दुई पटक खोप लगाउनु प

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,221 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इलाममा दश मतदान केन्द्र थप्न सिफारीस

    इलाम/ इलाममा १० वटा मतदान केन्द्र र आठ वटा नयाँ मतदान स्थल थप्न सिफारीस गरिएको छ । मतदान केन्द्र तथा मतदान स्थल सिफारिस समितिको बैठकले मतदान केन्द्र र मतदान स्थल थप्न सिफारिस गरेको हो । जसमा सन्दकपुर गाउँपालिमा १ मा २ वटा, इलाम नगरपालिका ५ मा १ वटा, माङसेबुङ्ग गाउँपालिका ४ मा १ वटा, रोङ गाउँपालिका वडा नम्बर २ र ६ मा १÷१ वटा, फाकफोकथुम गाउँपालिका वडा नम्बर ४, ६ र ७ मा १÷१ वटा मतदान स्थल थप गर्नको लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ । त्यस्तै इलाम नगरपालिका ७ मा रहेको बाल मन्दिर आदर्श आविको मतदान स्थललाई महेन्द्र रत्न बहुमुखि क्याम्पसमा, वडा नम्बर ९ को पोखरी प्राबिको मतदान

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 907 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • झापा प्रहरीद्वारा ओरियन्स कम्पनीको खाद्य सामाग्रीसहित एक युवा पक्राउ

    धरान । ओरियन्स कम्पनीका खाद्य सामग्री सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । झापाका एसपी सानुराम भट्टराईका अनुसार दमक नगरपालिका ६ का जितेन्द्र शाहलाई झापा प्रहरीले गरेको हो । एक सञ्चारमाध्यम सग कुरा गर्दै एसपी भट्टराईले इलाका प्रहरी कार्यालय दमकले दमक–६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा छापा हानेर शाहलाई पक्राउ गरेको बताए । ‘अनुसन्धानको क्रममा शाहसहितका व्यक्तिले बालाजुमा रहेको ग्लोबल ओरियन्स प्राली बाट बरामद भएको खाद्य वस्तु खरिद गरि राजश्व छलेर ल्याएको खुल्न आएकोले अरुसञ्चालकको पनि खोजी भइरहेको छ’सञ्चारमाध्यम सग कुरा गर्दै उनले बताए । प्रहरीका अनुसार ३ हजार ३ सय ५८

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,321 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुधबारबाट वीपी प्रतिष्ठान र बिजयपुर हस्पिटलमा कोभिड विरूद्धको “कोभिसिल्ड” खोप लगाइने

    धरानः कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको “कोभिसिल्ड” खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईका अनुसार धरानको वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलसहित सुनसरीमा ४ ठाउँमा केन्द्र बनाएर खोप लगाउने तयारी छ । उनका अनुसार इटहरी अस्पताल र इनरुवा अस्पतालमा पनि खोप केन्द्र राखिएको छ । नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरू

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,232 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भानुचौकमा बस जथाभावि रोक्न नपाइने

    धरान/ धरानको भानुचोकमा अत्यधिक भीड हुन थालेपछि उमनपाले भानुचोकबाट छुट्ने बसहरू जथाभावी रोक्न नपाइने निर्णय गरेको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सोमबार बसेको बैठकले भानुचोकबाट हिँडेका बसहरू दक्षिणमा राम मन्दिरभन्दा अगाडि र उत्तरमा छाताचोकको पुरानो अस्पतालभन्दा अगाडि रोक्न नपाउने निर्णय गरेको हो । अबदेखि एउटै प्रकृतिका सवारी साधनहरू एकै ठाउँबाट सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । सुनसरी यातायात प्रालिका बसहरूका कारण देशीलाइनको दक्षिणपट्टि बाटोमा धेरै भीडभाड भएको गुनासो आएकोे आधारमा त्यहाँ बढीमा पाँचवटाभन्दा बढी बसहरू राख्न नदिने निर्णय गरिएको छ । यस विषयमा मङ्गलबार सुनसरी याताया

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,188 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अख्तियारको प्रदेश कार्यालयमा उजुरीको चाङ

    धरान/ उजुरी सङ्ख्याको तुलनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट फछ्र्योटको प्रगति भने आधाभन्दा कम देखिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा आयोगको इटहरी कार्यालयमा परेका प्रारम्भिक उजुरीतर्पmको फछ्र्योट प्रतिशत ४४ दशमलव ३ रहेको छ । यसमा जिल्लागत, प्रदेशगत, सङ्घीय मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणतर्पmका उजुरी तथा यसको प्रगति विवरणसमेत समावेश छ । आयोगले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन पेश गरिएको हो । आयोग केन्द्रीय कार्यालयको प्रतिवेदनसँगै प्रदेश १ हेर्ने इटहरी कार्यालयको वार्षिक प्रग

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 897 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • नेकपा प्रचण्ड-माधव पक्षद्वारा तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

    धरान । नेकपा प्रचण्ड माधव समुहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरुको घोषण गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको दाहाल नेपाल पक्षले सोमबार पार्टी  कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी देशका विभिन्न ठाउँमा सभा र विरोधका थप कार्यक्रमहरुको घोषणा गरेको हो । जसअन्तर्गत माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस तथा १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यस्तै, १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, सांसद र प्रदेश सभा सदस्

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 1,020 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माघ २३ गते काठमाण्डौंमा ओली समूहको ‘वृहत जनसभा’, दुई लाख जनता उतार्ने दाबी

    धरान : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले आगामी माघ २३ काठमाण्डौंमा वृहत जनसभा आयोजना गरि २ लाख मानिस सहभागि गराउने भएको छ । सोमबार पार्टी कार्यलय धुम्बाराहीमा ओली समूहको बागमती प्रदेश संगठन कमिटील अयोजना गरेको पत्रकार सम्मेलना दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा हुने वृहत भेलालाई पार्टि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।  बागमती प्रदेशका मुख्यम

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 1,223 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलितसम्बन्धी पुस्तक विमोचन

    धरान÷ पत्रकार तारा लामगादेद्वारा लिखित दलित समुदायको ऐतिहासिकता, वर्तमान अवस्था र मुक्तिको कार्यदिशासहितको खोजमुलक पुस्तक ‘को हुन् दलित ?’ आइतबार लोकार्पण भएको छ ।  एक नम्बर प्रदेश सांसद् उमिता बराइलीले पुस्तकको लोकार्पण गरेकी हुन् । लोकार्पणपछि बोल्दै उनले पुस्तकले दलित आन्दोलनको ठोस कार्यदिशा निर्धारण गर्न मद्दत पु¥याउने धारणा व्यक्त गरिन् । ‘पुस्तकले हामीलाई नयाँ छलफलमा जान उत्प्रेरित गरेको छ’ बराइलीले भनिन्, ‘पुस्तकलाई सरकारले पाठ्यपुस्तकका रूपमा समावेश गर्दा जातीय विभेदको अन्त्य गर्न सहज हुनेछ ।’ सदियौँदेखि उत्पीडनमा रहेको दलित समुदायक

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 1,196 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved