धरान । नेकपा प्रचण्ड माधव समुहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरुको घोषण गरेको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको दाहाल नेपाल पक्षले सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी देशका विभिन्न ठाउँमा सभा र विरोधका थप कार्यक्रमहरुको घोषणा गरेको हो ।
जसअन्तर्गत माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस तथा १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै, १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना ,माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा विरोध सभा र माघ २८ गते काठमाडौंमा विरोध जुलुस र सभा गर्ने भएको छ ।
दाहाल नेपाल समुहको माघ ९ गते काठमाडौंमा विरोध सभा गरी यसअघिका आन्दोलनका कार्यक्रम समापन भएको थियो ।