इलाममा दश मतदान केन्द्र थप्न सिफारीस

  • माघ १४, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलाममा १० वटा मतदान केन्द्र र आठ वटा नयाँ मतदान स्थल थप्न सिफारीस गरिएको छ । मतदान केन्द्र तथा मतदान स्थल सिफारिस समितिको बैठकले मतदान केन्द्र र मतदान स्थल थप्न सिफारिस गरेको हो ।

जसमा सन्दकपुर गाउँपालिमा १ मा २ वटा, इलाम नगरपालिका ५ मा १ वटा, माङसेबुङ्ग गाउँपालिका ४ मा १ वटा, रोङ गाउँपालिका वडा नम्बर २ र ६ मा १÷१ वटा, फाकफोकथुम गाउँपालिका वडा नम्बर ४, ६ र ७ मा १÷१ वटा मतदान स्थल थप गर्नको लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

त्यस्तै इलाम नगरपालिका ७ मा रहेको बाल मन्दिर आदर्श आविको मतदान स्थललाई महेन्द्र रत्न बहुमुखि क्याम्पसमा, वडा नम्बर ९ को पोखरी प्राबिको मतदान स्थललाई इलाम उच्च माविमा सार्ने प्रस्ताव गरेको छ ।

त्यस्तै देउमाई नगरपालिका २ को सिंहदेवी आविको मतदान स्थललाई रत्नबम प्रतिष्ठानको भवनमा र माङसेबुङ १ मा रहेको गजुरमुखि महिला सहकारीको मतदान स्थललाई १ नम्बर वडा कार्यालयको भवनमा सार्ने गरी अयोगमा प्रस्ताव पठाएका निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिए ।

माघ १५ देखि २१ गतेसम्म प्रत्येक स्थानीय तहमा मतदाता नामावली अध्यावधिक हुने भएको छ । मतदाता नामावाली अध्यावधिकको लागि निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्दैछ ।

नामावली सार्वजनिक भएपछि मतदाताले आफ्नो नामावली हुर्ने, त्रुटि भए सच्याउने, दोहोरो परेको र मृत्यु भएकाहरुको नामावली हटाउने, बसाई सराई र विवाह गरेर अन्त्य गएकाहरुको हटाउने काम हुन्छ ।

बिवाह र बसाई सराइ गएकाहरुले एक ठाउँमा भएको नामावली हटाएपनि अर्को ठाउँमा भने नयाँ नाम दर्ता गराउँन सक्दैनन् ।

२०७४ को तथ्याङ अनुसार इलाम जिल्लामा दुई लाख चार हजार ५४ जना मतदाता थिए । गएको पुस मसान्तसम्ममा मतदाताको संख्या थपिएर दुई लाख १४ हजार आठ सय ३६ पुगको छ ।

करिव तीन वर्षमामा दश हजार सात सय ८२ मतदाता थपिएपनि मतदाता अध्यावधिक हुँदा केहीसंख्या कम हुनसक्छ । मतदाता अध्यावधिक गर्न प्रत्येक स्थानीय तहकामा एक एक जना कर्मचारी परिचालन भइसकेको छ । मतदाता नामावली अध्यावधिक पछि मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ ।

 

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved