माघ २३ गते काठमाण्डौंमा ओली समूहको ‘वृहत जनसभा’, दुई लाख जनता उतार्ने दाबी

  • माघ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले आगामी माघ २३ काठमाण्डौंमा वृहत जनसभा आयोजना गरि २ लाख मानिस सहभागि गराउने भएको छ ।

सोमबार पार्टी कार्यलय धुम्बाराहीमा ओली समूहको बागमती प्रदेश संगठन कमिटील अयोजना गरेको पत्रकार सम्मेलना दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा हुने वृहत भेलालाई पार्टि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।

 बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता ईश्वर पोखरेलले अहिलेनै दुबै पक्षबिच एकता भइनहाल्ने बताए । यदि भइहाले पनि भइहाले पनि दुई शर्तमामा मात्रै सम्भव भएको उनले बताए ।

उनले भने, ‘कात्तिक २८ गते प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’

नेकपाले सकेसम्म सभा स्थललाई फोहोर नबनाउन अपिलसमेत गरेको छ ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved