सुनसरी । विभिन्न मुद्धामा फरार रहेका ३ जनालाइ जिल्ला प्रहरी कार्यलय उदयपुरले पक्राउ गरि सम्बन्धित निकायहरु मा सजाय भुक्तानका लागि पठाएको छ । प्रहरी ले विशेष सुचना को आधारमा उदयपुरमै लुकिछिपी बसेको अवस्थामा उनी हरुलाइ पक्राउ गरेको हो । प्रहरिको अनुसार सवारी ज्यान मुद्धा लागेका उदयपुर त्रियुगा नगरपालिका २ मथियाई बस्ने बर्ष २१ को अशोक भन्ने बाबुराम प्रधान, बहुबिबाह मुद्धा लागेका उदयपुर त्रियुगा नगरपालिका १६ बस्ने बर्ष ३५ को टंक बहादुर राई र लागू औषध मुद्धा का उदयपुर चौदण्डिगढी नगरपालिका ६ सिर्वानी बस्ने बर्ष २६ को अमिर राई पक्राउ परेका हुन् । सवारी ज्यान मुद्धामा फरार रहेका प्रधानले सिन्धुली ज
धरान । धरान उपमहानगरपालिकाको विकाशका लागि विभिन्न योजनाहरुको विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन मेयर र उपमेयर सहितको टोलि काठमाण्डौ पुगेको छ । टोलिले विहिबार विभिन्न मन्त्रालयका मन्त्रीहरु सँग भेटघाट गरि धरानका महत्वपुर्ण योजना लगायत विकाश निर्माणको विषयमा जानकारी गराएका छन् । दुई दिन अघि काठमाण्डौं पुगेका धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकिय अधिकृत विदुर खनाल सहितका टोलीले खानेपानी आयोजना, बजार क्षेत्रमा कोशी राजमार्ग ८० फिट कायम गर्ने, बसपार्क, मदन भण्डारी सहायक राजमार्गको मापदण्ड, एयरपोर्ट लगायत योजनाहरुको बिषयमा मन्त्रालयहरुमा छलफल गरिरहेको छ । टोल
विराटनगर । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङहोम सिल भएको छ । कार्यरत चिकित्सकमा बुधबार कोरोना पुष्टि भएको थियो तर अस्पतालले नाम, ठेगाना र फोन नम्बर गलत दिंदा प्रहरीलाई समेत पत्ता लगाउन किठन भएको थियो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अर्को सूचना नआउन्जेलसम्मको लागि नर्सिङ होम सिल गरिएको जानकारी दिएका छन् । संक्रमित एकाएक हराएको भन्दै विराटनगरभरि खैलाबैला भएपछि खोजी गर्दा अस्पतालका चिकित्सक भएको खुल्न आएको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्य
धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्टारमा नियुक्ति भएका प्रा.डा. मोहन चन्द्र रेग्मीले विहिबार देखि पदभार ग्रहण गरेका छन् । प्रतिष्ठानमा एक औपचारिक कार्यक्रम गरि उनले पदभार ग्रहण गरेका हुन् । उनी गत ४ गते रजिष्टारमा नियुक्ति भएका हुन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा. डा. रेग्मीले पदभार ग्रहण गर्दै प्रतिष्ठानको उर्जा सुधारको लागि कार्ययोजना बनाउने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहणको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नवनियुक्त रजिष्टार रेग्मीले प्रतिष्ठानका सबै पक्षहरु सँग सहकार्य गर्दै आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए । प्रत
विराटनगर / प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज ह
धरान । सुनसरीको सिमानामा केही दिन अघि भएको सशस्त्र प्रहरी सँगको मुठभेटमा घाइते भएका हरिनगरा गाउँपालिका ७ का साहवाज मियाँको मृत्यु भएको छ । गत साउन २ गते सशस्त्र प्रहरी सँग भएको झडपमा मियाँलाई गोलि लागि घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार मृत्यु भएको हो । हरिनगरा गाउँपालिका ७ घुस्की स्थित दशगजामा साउन २ गते अवैध रुपमा सामान ल्याउँदै गरेको समयमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी सँग झडप भएको थियो । सशस्त्रको हतियार खोस्न खोज्दा मियाँलाई पेटमा गोलि लागेको थियो । मियाँको मृत्यु भए पछि स्थानीय आन्दोलित बनेका थिए । विहिबार उनको मृत्यु भ
काठमाडौँ / बुधबार थप १४७ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगञ्ज- ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो। नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५६जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० जना रहेका छन् । नेपालमा हालसम
धनकुटा / धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पूष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वाब संकलन गरी धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा छथर जोरपाटी–२ का ४० बर्षीय पुरुष र छथर जोरपाटी–३ का ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पूष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । संक्रमित दुबै जना गत आईतबार बिदेशबाट आएका हुन् । छथर जोरपाटी–२ का संक्रमित बहराईनबाट र छथर जोरपाटी–३ का संक्रमित साउदीबाट आएको छथर जोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डंगोलले बताए । उनीहरु जोरपाट
धनकुटा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर ७ हजार भन्दा बढी वृक्षरोपण गरेको छ । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको ४२ औं स्मृति दिवसको स्मरण गर्दै जिल्लाका सातै पालिकाहरुमा पार्टीको निर्देशन अनुसार ७ हजार ५ सय विभिन्न प्रजातिका बिरुवाहरु वृक्षरोपण गरिएको छ । समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रम सहित जिल्लाको सातै तहमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रम अन्तरगत चौबिसे गाउँपालिकामा ८ सय, साँगुरीगढी गाउँपालिकामा ५ सय, सहिदभूमि गाउँपालिकामा एक हजार ५ सय र छथर जोरपाटी गाउँ
बेलका / उदयपुर बेलका नगरपालिकाकी उपमेयर जकुमारी चौधरीले बुधबार साँझ सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिने घोषणा गरेकी छिन् । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा त्तकालीन एमाले पार्टि बाट निर्वाचित भएकी उनले यस्तो घोष्णा गरेकी हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु जनता सङ्ग माफि माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्यन हँदैन धिक्कार छ दुई तिहाई सरकार ’ स्ट्याटस लेखेकी छिन् । तर उनले किन के कारणले यस्तो लेखिन भन्ने खुलाएकी छैन । उनको यो घोषणाले यती बेला निकै चार्चा पाएको छ ।