समाचार

    Showing 7,921-7,930 of 10,045 items.
  • महेन्द्र माविमा स्कुल बस थन्किएको थन्कियै

    वराहक्षेत्र/  वराहक्षेत्र–६ को चक्रघट्टीस्थित महेन्द्र माध्यमिक विद्यालयलाई भारत सरकारले उपहारस्वरूप प्रदान गरेको स्कुल बस नौ वर्षयता ग्यारेजमा थन्क्याएर राखिएको छ । भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसरमा २०६५ सालमा विद्यालयलाई बस उपहार दिएको थियो । पछिल्लो समय निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न दाताहरूको सहयोग लिएर भए पनि सामुदायिक विद्यालयहरूले स्कुल बस चलाउन थालेका छन् ।तर महेन्द्र माविले भने सहयोगस्वरूप प्राप्त भएको स्कुल बस पनि सञ्चालन गर्न सकेको छैन ।प्रारम्भिक केही वर्षहरूमा को.१ क १०८५ नम्बरको बसले विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म पु-याउने काम गरेको थियो । अहिले भने व्य

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1,338 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा ओली समुहद्वारा सुनसरी जिल्ला कमिटी विस्तार

    धरान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको जिल्ला कमिटी विस्तार गरेर सपथ ग्रहण गरेको छ । नेकपा ओली समुहले रेवतीरमण भण्डारीको अध्यक्षतामा साविकको जिल्ला कमिटीलाई विस्तार गरि ४ सय ६७ सदस्यीय बनाएको हो । नेकपामा साविक १६७ सदस्यीय जिल्ला कमिटी थियो । सोही कमिटीलाई विस्तार गरिएको ओली समुहले जनाएको छ । कमिटीको उपाध्यक्षमा निलम खनाल, सचिवमा पर्शुराम यादव र सह–सचिवमा लिलम बस्नेत छन् । यस्तै, संगठन विभाग प्रमुखमा योग्यराज खड्का र कार्यालय सचिवमा राम कोइराला छन् । कमिटीको आज शनिबार इनरुवामा सपथ ग्रहणसमेतभएको छ । यसैगरि, पदाधिकारीसहित ११ जनाको कार्यालय गठन गरिएको छ । पदाधिकारीहरुबाहेक का

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 810 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘ओली नसच्चिए सडक आन्दोलन चर्किन्छ’

    इटहरी/ नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो कदमलाई तत्काल नसच्याए आगामी दिनमा सडक आन्दोलन चर्किने बताएका छन् । अध्यक्ष नेपालले शनिबार सञ्चारकर्मीहरूसँग बोल्दै यस्तो बताएका हुन् । २६ औँ जनयुद्ध दिवसको अवसरमा इटहरी–१९ को भवानीपुरस्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनपछि उनी सञ्चारकर्मीहरूसँग बोल्दै थिए । त्यसक्रममा उनले प्रम ओलीले संविधान मिच्दै संसद् विघटन गरेर मुलुकलाई दुर्घटनाको खाडलमा पु¥याएको र यसले गर्दा वर्तमान राजनीतिक अवस्था नै गञ्जागोल बन्न पुगेको धारणा राखे । मुल

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस सङ्गठन सुनसरीको जिल्ला भेला धरानमा

    नेपाल पत्रकार महासङ्घ सुनसरीको १२ औ साधारण सभापछि नेकपाका विभिन्न गुट उपगुटले सुनसरीमा भ्रम फैलाउने काम गरेकाले भ्रमका पछि नलाग्न सुनसरी महासङ्घका उपाध्यक्ष सन्तोष काफ्लेले बताएका छ्न । पत्रकार महासङ्घले अग्रगमन प्रतिगमन नभनी प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता स्थापनाका लागि कटिबद्ध भएको बताए । पत्रकार महासङ्घ राजनीती गर्ने थलो नभएर पत्रकारको हकहितका पक्षमा पैरवी गर्ने सस्था भएकाले पत्रकारहरुलाई भ्रममा नपर्न आग्रह गरे । पत्रकार महासङ्घ सुनसरीले प्रेस स्वतन्त्रताबाहेक अन्य राजनीतिक गुटको इच्चाअनुसार निर्णय नगर्ने बताए । प्रेस सङ्गठन नेपाल सुनसरीको शनिबार आयोजित जिल्ला भेलामा अग्रज पत्रक

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन कलेजद्वारा प्रदेश १ मा पहिलो र तेस्रो हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान

    धरान/ धरान १६ स्थित युएन नवोदय कलेजले विएचएम संकायतर्फका प्रदेश १ पहिले तथा तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गरि प्रदेश १कै विएचएम पहिलो सेमेस्टरमा पहिलो भएकी ऋतु राई,दास्रो सेमेस्टरमा पहिलो भएकी स्टेला मेन्याङ्गवो र दोस्रो सेमेस्टरबाटै प्रदेश १ कै तेस्रो भएकी दिला नेम्वाङलाई सम्मान गरेको हो । पहिले र तेस्रो हुने विद्यार्थीहरुलाई कलेजले क्रमशः नगद रु २५हजार ,१० हजार र सम्मान पत्र प्रदान गरेको थियो । प्रथम हुने ऋतु र स्टेलाले समान ३.६९ जिपिए अंक ल्याएका थिए भने तेस्रो हुने दिलाले ३.६२ जिपिए ल्याएका थिए । कार्यक्रममा बोल्दै कलेज प्रमुख

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 1,362 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस् ’

    बिराटनगर/ नेपाली काङ्ग्रेसका युवा नेताहरूले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकोले गलत काम गरे त्यसको विरोध हुने बताएका छन् ।काङ्ग्रेसको विराटनगर महानगर समितिले बिहीबार आयोजना गरेको ‘वर्तमान राजनैतिक अवस्था, संवैधानिक सङ्कट, यसको निकास र आजको आवश्यकता’ विषयक विचार गोष्ठीका वक्ताहरूले सरकारका कदम प्रतिगामी र असंवैधानिक भएको दावी गरे । कार्यक्रममा अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गर्दै काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भने, ‘सर्वोच्च अदालतमाथि नेपाली काङ्ग्रेसको पूर्ण समर्थन र विश्वास छ तर अदालतले प्रधानमन्त्री ओलीको गर्जन अनि शक्ति प्रद

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानबारीमा सुरक्षा चुनौती बढ्दै

    धरान/ धरान–६ को पानबारीमा तीन वर्षयता चोरीका २० वटाभन्दा बढी घटना भएका छन् ।रातको समयमा शृङ्खलाबद्ध रूपमा हुने चोरी पछिल्लो समय लुटपाटमा परिणत भएको छ । घटनामा संलग्न दोषीहरू पक्राउ पर्न नसक्नु नै यसको एकमात्र कारण भएको देखिन्छ । पानबारीमा विद्यालय, सहकारी हुँदै अहिले घरमै बसिरहेकी वृद्धासमेत लुटिएकी छन् । यसले गर्दा सुरक्षा चुनौती बढिरहेको छ । यहाँस्थित अस्थायी प्रहरी चौकीमा दरबन्दीअनुसार सुरक्षाकर्मी नहुँदा यहाँ चोरीका घटनाहरू बढ्दै गएको स्थानीयको गुनासो छ । १४ जनाको दरबन्दी भए पनि चौकीमा पाँचजना प्रहरीलाई मात्र खटाइएको छ । स्थानीयका अनुसार तीन

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 1,351 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • युएन नवोदयमा ट्यालेन्ट सो

    धरान/ धरान–१६ को युएन नवोदय क्यापसमा बिहीबार यस वर्षको ट्यालेन्ट सोको पहिलो चरण सम्पन्न भएको छ ।क्यापस परिसरमै आयोजित कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले आ–आप्mनो प्रतिभा प्रस्तुत गरेका थिए । पहिलो चरणको प्रतियोगितामा गायनतर्पm २२ जना विद्यार्थीहरू सहभागी थिए भने नृत्यतर्पm चारजना विद्यार्थीले भाग लिएका थिए । पहिलो चरणको प्रतियोगिताबाट गायनतर्पm उत्कृष्ट पाँच तथा नृत्यतर्पm उत्कृष्ट तीन विद्यार्थी दोस्रो चरणका लागि छनोट भएका छन् । गायनतर्फ कक्षा–१२ का नविन दर्नाल, विश्वदीप बज्राचार्य, शारदा तामाङ, रोमन गुरुङ र कक्षा–११ का सुमन गुरुङ छनौट भएका छन् भने नृत्यतर्

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 927 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अख्तियारका कार्यप्रति जनप्रतिनिधिहरूले प्रश्न उठाए

    इटहरी÷ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले देशभर ३० औँ स्थापना दिवस मनाइरहँदा यहाँ भने फरक अवस्था देखिएको छ । अख्तियारको यहाँस्थित प्रदेश एक सम्पर्क कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उपस्थित स्थानीय सरकार प्रमुखहरू रूष्ट देखिएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख सोमनाथ निरौला प्यासीले अख्तियारको प्रदेश कार्यालयको कार्य सम्पादन देशकै उत्कृष्ट देखिएको दाबी गरिरहँदा सुनसरीका विभिन्न स्थानीय तहका मेयर र गाउँपालिका अध्यक्षहरूले भने अख्तियारको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका छन् । उनीहरूले कमजोर कार्य सम्पानका कारण अख्तियारले जनविश्वास गुमाउँदै गरेको दाबी पनि गरे । कार्यक्रम

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 828 पटक पढिएको
    • "तेजबहादुर बन"
  • अध्ययन गरेर मात्रै मुद्दा चलाउनुपर्ने धारणा व्यक्त

    इलाम / महान्यायाधिवक्ता अग्नि खरेलले राम्ररी अध्ययन–अनुसन्धान गरेर मात्रै मुद्दा अघि चलाउनुपर्ने बताएका छन् । यहाँस्थित उच्च सरकारी वकिल कार्यालयकोे नवनिर्मित भवनको भर्चुअल प्रविधिबाट उद्घाटन गर्दै उनले राम्ररी अध्ययन गरेरमात्र मुद्दा चलाउनुपर्ने धारणा व्यक्त गरेका हुन् । अपराध गर्ने मान्छेले पनि सतर्कताका साथ अपराध गर्ने बताउँदै खरेलले प्रमाणहरू जुटाउन सरकारी वकिलहरूको गम्भीर दायित्व रहेको जनाए । आफू सुविधा सम्पन्न भवनमा बसेर मात्र नहुने भन्दै उनले काममा पनि सुविधा दिनुपर्ने बताए । उच्च सरकारी कार्यालयले भ्याटबाहेक ३ करोड २२ लाख ५ हजार ३०० रूपैयाँ लागतमा भवन निर्माण सम्पन्न गरेको

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved