महेन्द्र माविमा स्कुल बस थन्किएको थन्कियै

  • फागुन ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र/  वराहक्षेत्र–६ को चक्रघट्टीस्थित महेन्द्र माध्यमिक विद्यालयलाई भारत सरकारले उपहारस्वरूप प्रदान गरेको स्कुल बस नौ वर्षयता ग्यारेजमा थन्क्याएर राखिएको छ । भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसरमा २०६५ सालमा विद्यालयलाई बस उपहार दिएको थियो ।

पछिल्लो समय निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न दाताहरूको सहयोग लिएर भए पनि सामुदायिक विद्यालयहरूले स्कुल बस चलाउन थालेका छन् ।तर महेन्द्र माविले भने सहयोगस्वरूप प्राप्त भएको स्कुल बस पनि सञ्चालन गर्न सकेको छैन ।प्रारम्भिक केही वर्षहरूमा को.१ क १०८५ नम्बरको बसले विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म पु-याउने काम गरेको थियो । अहिले भने व्यवस्थापकीय र प्राविधिक कारणले बस चल्न सकेको छैन ।

बस सञ्चालन गर्न कसैले ध्यान र दवाब नदिँदा १६ वर्षअगाडि विद्यालयलाई प्राप्त भएको बस काम नलाग्ने गरी थन्किएको छ । उच्च त्यति बेला माध्यमिक शिक्षाका लागि प्रदान गएिको बसलाई अहिले टिनको छाप्रोको ग्यारेजभित्र थन्क्याएर राखिएको छ । निजी विद्यालयका बस विद्यार्थी लिन घर–घरमा गइरहेका बेला सामुदायिक विद्यालयले भने सहयोगमा प्राप्त बससमेत प्रयोग गर्न सकेको छैन ।

वराहक्षेत्र नगरपालिकाका भरौल, प्रकाशपुरका सयौँ विद्यार्थीहरू आफ्नै ठाउँको विद्यालयले बस व्यवस्थापन नगरेको भन्दै इटहरी र धरानका स्कुल–कलेजहरूमा धाउन बाध्य छन् । महेन्द्र माविले भने सित्तैमा पाएको बस चलाउन सकेको छैन ।

साबिक महेन्द्रनगर गाविसमा रहेको हाल वराहक्षेत्र नगरपालिकाको जेठो शैक्षिक संस्थामध्ये मानिएको सो विद्यालय २०२२ सालमा स्थापना भएको हो । टाढा–टाढाका विद्यार्थीलाई सहज होस् भनेर विभिन्न व्यक्तिको पहलबाट भारतीय दूतावासमार्फत् बस प्राप्त भएको थियो । केही समय सञ्चालन भए पनि आर्थिक र प्राविधिक समस्या तथा व्यस्थापनको अभावमा नौ वर्षयता बस थन्किएको प्रधानाध्यापक चण्डिराज पोखरेलले बताए ।

झण्डै एक महिनायता प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका पोखरेलले भने, ‘बसको प्राविधिक पक्ष र कागजातबारे जाँचबुझ गर्न तीन सदस्यीय समिति गठन भएको छ ।’ अहिले बस मर्मत गरी सञ्चालन गर्न धेरै खर्च चाहिने बताउँदै उनले विद्यालयसँग स्रोत नभएको जनाए ।

समितिले विद्यालयलाई प्रतिवेदन बुझाएपछि आफूले यसबारे व्यवस्थापन समितिलाई जानकारी गराउने पोखरेलले बताए । उनले भने, ‘म प्रधानाध्यापक हुनुभन्दा नौ वर्ष अगाडिदेखि नै बस थन्किरहेको हो ।’ अब सरोकारवालाहरूसँग बसेर यसको व्यस्थापनबारे छलफल गर्ने उनले जनाए ।

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved