प्रेस सङ्गठन सुनसरीको जिल्ला भेला धरानमा

  • फागुन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपाल पत्रकार महासङ्घ सुनसरीको १२ औ साधारण सभापछि नेकपाका विभिन्न गुट उपगुटले सुनसरीमा भ्रम फैलाउने काम गरेकाले भ्रमका पछि नलाग्न सुनसरी महासङ्घका उपाध्यक्ष सन्तोष काफ्लेले बताएका छ्न । पत्रकार महासङ्घले अग्रगमन प्रतिगमन नभनी प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता स्थापनाका लागि कटिबद्ध भएको बताए । पत्रकार महासङ्घ राजनीती गर्ने थलो नभएर पत्रकारको हकहितका पक्षमा पैरवी गर्ने सस्था भएकाले पत्रकारहरुलाई भ्रममा नपर्न आग्रह गरे । पत्रकार महासङ्घ सुनसरीले प्रेस स्वतन्त्रताबाहेक अन्य राजनीतिक गुटको इच्चाअनुसार निर्णय नगर्ने बताए । प्रेस सङ्गठन नेपाल सुनसरीको शनिबार आयोजित जिल्ला भेलामा अग्रज पत्रकार किशोरकुमार कार्कीले राजनीतिक जगमा उभिएको मुलुकमा पत्रकारहरुले राजनीतिक चेतना राख्नु पर्ने बताए । स्थिरता, विकास, राष्ट्रियताको रक्षाका लागि कटिबद्ध भएर पत्रकारहरु सङ्गठित हुनु पर्नेमा जोड दिए । जिल्ला भेलामा प्रेस सङ्गठनका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईको प्रमुख आतिथ्यतामा शुरु भेलामा प्रदेश पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुइटेल, नेकपाका केन्द्रीय सदस्यहरु मुरारी सुवेदी, मोतिराज सुनुवार, विजय राईलगायतको उपस्थिती छ । भेलाले नया कार्य समिति चयन गर्ने छ ।

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved