युएन कलेजद्वारा प्रदेश १ मा पहिलो र तेस्रो हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान

  • माघ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान १६ स्थित युएन नवोदय कलेजले विएचएम संकायतर्फका प्रदेश १ पहिले तथा तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गरि प्रदेश १कै विएचएम पहिलो सेमेस्टरमा पहिलो भएकी ऋतु राई,दास्रो सेमेस्टरमा पहिलो भएकी स्टेला मेन्याङ्गवो र दोस्रो सेमेस्टरबाटै प्रदेश १ कै तेस्रो भएकी दिला नेम्वाङलाई सम्मान गरेको हो ।

पहिले र तेस्रो हुने विद्यार्थीहरुलाई कलेजले क्रमशः नगद रु २५हजार ,१० हजार र सम्मान पत्र प्रदान गरेको थियो । प्रथम हुने ऋतु र स्टेलाले समान ३.६९ जिपिए अंक ल्याएका थिए भने तेस्रो हुने दिलाले ३.६२ जिपिए ल्याएका थिए ।

कार्यक्रममा बोल्दै कलेज प्रमुख डम्बर तुम्वापोले आगामी वर्षहरुमा प्रत्येक सेमेस्टरमा कलेज तर्फ पहिलो,दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई नगद १०,५र ३ हजार सहित सम्मान पत्रले पुरस्कृत गर्ने घोषणा समेत गरेका थिए । साथै उनले प्रदेश १ मै प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई यसरी नै सम्मान गरेर हौसला वढाउने कलेज प्रमुख तुम्वाम्पोले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सम्मानित विद्यार्थीहरुले कलजलाई सम्मानको लागि धन्यवाद दिएका थिए भने अन्य जिद्यार्थीहरुलाई आफ्ना अनुभव तथा सुझाव समेत दिएका थिए । युएन नवोदय कलेजका अध्यक्ष ज्ञानेश्वर झाको सभापतित्वमा आयोजित कार्यक्रममा अग्रज पत्रकार राजेश विद्रोहि , शिक्षक सिर्जना लिम्बु लगायत विद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।त्यस्तै, एचएम कोअर्डिनेटर गगनमान श्रेष्ठले कार्यक्रमको सञ्चलान गरेका थिए ।

navodaya

 

 

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved