अख्तियारका कार्यप्रति जनप्रतिनिधिहरूले प्रश्न उठाए

  • माघ २९, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी÷ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले देशभर ३० औँ स्थापना दिवस मनाइरहँदा यहाँ भने फरक अवस्था देखिएको छ । अख्तियारको यहाँस्थित प्रदेश एक सम्पर्क कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उपस्थित स्थानीय सरकार प्रमुखहरू रूष्ट देखिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख सोमनाथ निरौला प्यासीले अख्तियारको प्रदेश कार्यालयको कार्य सम्पादन देशकै उत्कृष्ट देखिएको दाबी गरिरहँदा सुनसरीका विभिन्न स्थानीय तहका मेयर र गाउँपालिका अध्यक्षहरूले भने अख्तियारको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका छन् । उनीहरूले कमजोर कार्य सम्पानका कारण अख्तियारले जनविश्वास गुमाउँदै गरेको दाबी पनि गरे ।

कार्यक्रममा उपस्थित इटहरीका नगर प्रमुख द्वारिकलाल चौधरीले अख्तियारले कानुन कार्यान्वयनभन्दा भावनामा बढी बहकेर काम गर्न थालेको आरोप लगाए ।

उनले कानुन एकातिर, अख्तियार अर्काेतिर कुद्दा काम समयमै नसकिएको र जनताको विश्वास पनि बिस्तारै गुमाउँदै गएको आरोप लगाए । मेयर चौधरीले अख्तियारसँग सहकार्य गर्न तयार भए पनि नचाहिँदो कुरामा अख्तियारलाई नमान्ने उद्घोष नै गरे ।

त्यस्तै, धरानका मेयर तिलक राईले पनि अख्तियारका कर्मचारी सुध्रनुपर्ने धारणा राखे । स्थानीय सरकारसम्बन्धी मुद्दाहरूमा अख्तियारमा ढिलासुस्ती हुने गरेको गुनासो बढेको बताउँदै उनले कार्य सम्पादनतिर ध्यान पु¥याउन अनुरोध पनि गरे । भ्रष्टाचारसम्बन्धी धेरैजसो मुद्दाहरू स्थानीय सरकारकै हुने भनेर अख्तियारले प्रतिवेदन पेस गर्दा कानुन बुझेरमात्र प्रतिक्रिया दिन मेयर राईले सुझाव दिए ।

त्यस क्रममा विराटनगरका मेयर भीम पराजुलीले राजनीतिक भागबन्डाबाट आएका कर्मचारीहरूका कारण पछिल्लो समय अख्तियारले आफ्नो साख जोगाउन नसकेको तर्क दिए । उनले पहिला त्यस्ता कर्मचारीहरूलाई पाखा लगाउन अनुरोध गरे । मेयर पराजुलीले सानालाई मात्र समात्ने तर ठूला नेता र मन्त्रीहरूलाई छुँदै नछुने प्रवृत्तिले अख्तियारप्रति जनविश्वास गुम्दै गएको जिकीर गरे ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश एक सरकारका मुख्य सचिव दिनेश भट्टराईले भने समग्रमा अख्तियार प्रदेश एकको कार्य सम्पादन सन्तोषजनक रहेको धारणा व्यक्त गरे । उनले स्थानीय सरकार प्रमुखहरूबाट आएको गुनासोलाई ध्यान दिँदै यसलाई चुनौतीका रूपमा लिएर अख्तियार अघि बढ्नुपर्ने विचार राखे ।

त्यस्तै, कार्यक्रमका अर्का विशिष्ट अतिथि प्रदेश सभामुख प्रदीप भण्डारीले प्रदेश एकका सरकारी कार्यालयमा हुने अनियमितता र भ्रष्टाचारका मुद्दामा कुनै सम्झौता नगर्न अख्तियारका कर्मचारीहरूलाई अनुरोध गरे ।
प्रदेश प्रमुख प्यासीले भने अख्तियारको प्रतिवेदनबाट काम सन्तोषजनक नै देखिएको बताए ।

अख्तियारमा राजनीति प्रवेश नगराउन र भ्रष्टाचारका मुद्दाहरूमा डटेर लाग्न उनले कर्मचारीहरूलाई निर्देशन पनि दिए । अख्तियारका प्रदेश एक प्रमुख बाबुराम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा सुनसरी, मोरङ, झापालगायतका सीडीओहरू पनि उपस्थित थिए ।

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved