नेकपा ओली समुहद्वारा सुनसरी जिल्ला कमिटी विस्तार

  • फागुन २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको जिल्ला कमिटी विस्तार गरेर सपथ ग्रहण गरेको छ ।

नेकपा ओली समुहले रेवतीरमण भण्डारीको अध्यक्षतामा साविकको जिल्ला कमिटीलाई विस्तार गरि ४ सय ६७ सदस्यीय बनाएको हो । नेकपामा साविक १६७ सदस्यीय जिल्ला कमिटी थियो । सोही कमिटीलाई विस्तार गरिएको ओली समुहले जनाएको छ । कमिटीको उपाध्यक्षमा निलम खनाल, सचिवमा पर्शुराम यादव र सह–सचिवमा लिलम बस्नेत छन् । यस्तै, संगठन विभाग प्रमुखमा योग्यराज खड्का र कार्यालय सचिवमा राम कोइराला छन् । कमिटीको आज शनिबार इनरुवामा सपथ ग्रहणसमेत
भएको छ ।

यसैगरि, पदाधिकारीसहित ११ जनाको कार्यालय गठन गरिएको छ । पदाधिकारीहरुबाहेक कार्यालय टिममा मञ्जु भण्डारी, याम सुब्बा, चन्द्र न्यौपाने, नवराज राई, दिवस राय र इनरुवाबाट एक जना छन् । अध्यक्ष भण्डारीले सचिवालय भने पछि गठन हुने उनले बताए । ‘पुरानो १६७ कमिटीलाई विस्तार गरेर नै ४६७ सदस्यीय कमिटी बनाइएको हो,’अध्यक्ष भण्डारीले भने,‘कार्यालय गठन भएको छ । सचिवालय पछि नै बनाउछौं ।’

सपथ ग्रहण गरेलगत्तै बसेको जिल्ला कमिटीको दोस्रो बैठकले प्रधानमन्त्री केपी ओली शर्माले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णयलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । साथै, आागमी बैशाखमा हुने निर्वाचनमा सुनसरीको ४ वटै निर्वाचन क्षेत्र जित्ने घोषणा पनि बैठकबाट गरिएको अध्यक्ष भण्डारीले बताए ।

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved