इलाम/ एकवर्ष अघि इलाम जिल्ला अस्पताल न्युनतम सेवा प्रवाहमै कमजोर रहेको पाइएको थियो । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले अस्पतालको न्युनतम सेवा मापदण्ड लेखाजोखा गर्दा इलाम अस्पताल न्यूनतम सेवा प्रवाहमा कमजोर पाईएको हो । न्युनतम सेवाको मूल्यांकनमा इलाम अस्पताले ६४ अंक प्राप्त गरेको थियो । महाशाखाले अस्पतालको सुशासन, क्लिनिकल सर्भिस र सहयोगी कुराको व्यवस्थापनको लेखाजोखा गर्दा सुशासन र सहयोगी कुराको लेखाजोखामा राम्रो अंक पाएपनि अस्पतालको क्लिनिकल सर्भिसमा थोरै अंक पाएको थियो । सुशासनमा ७८ अंक, सहयोगी कुरामा ७२ अंक र क्लिनिकल सर्भिसमा ५७ अंकमात्रै प्राप्त गरेको अनुगमनमा संलग्न महाशाख
विराटनगर । प्रदेश १ मा शनिबार ५ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१, झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्द
विराटनगर । कोभिड १९ र यसको नयाँ भेरिएन्टबाट आर्थिक क्षेत्र तहस नहस हुन सक्ने भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले कामदार, श्रमिक र कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघका १ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरेले शनिबार संयुक्त विज्ञप्ति प्रकासित गरी यस्तो माग गरेका हुन । कोभिड १९ को दोश्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको अवस्थामा औद्योगिक क्षेत्र प्रभावित बनेको विज्ञप्तिमा जनाइएको छ ।
धरान : धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १६ का ४१ वर्षीय पुरुष रहेको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरले जनाएका छन् । उनका अनुसार संक्रमित शनिवार विहान ९ः३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । डा. पोखरलेलका अनुसार गत वैशाख २० गते प्रतिष्ठानमा भर्ति भएका उनलाई गत वैशाख २१ गते संक्रमण पु्ष्टि भएको थियो । मृतक संक्रमितको शव नियमअनुसार अन्त्यष्टी गरिने प्रतिषठानले जनाएको छ ।
धरान/ धरान–१४ र १५ को संगम स्थलमा रहेको खत्री धारा दाह संस्कार स्थलमा कोरोना संक्रमणबाट मृत्यु भएकाको दाह संस्कार गरिएकोमा स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका छन । २०७८ बैसाख २३ गते धरान–३ की एक महिला कोरोना संक्रमणबाट मृत्यु भए पछि खत्री धारामा अन्तिम दाह संस्कार गरिएको थियो । कोरोना संक्रमित महिलाको शव जलाएर दाह संस्कार गरेको कुरा थाहा पाए पछि स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार आÏनो जातीय परम्परा धर्म, संस्कार अनुसार गर्न पाउनु पर्ने भएता पनि मावन वस्ती नभएको स्थानमा चार कोशे झाडीमै शव जलाउने व्यवस्था हुनु पर्न
धरानः धरानका उद्योगी रोशन सोनीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको शुक्राबार राति बिराटनगर स्थित बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि उनि १ साता अघि अस्पताल भर्ना भएका थिए । सुनसरी उद्योगा वाणिज्य संघका अध्यक्ष गिरिधर सापकोटाले धरानकै एक सञ्चार माध्यम सग कुरा गर्दै सोनीको शुक्रबार राति नै मृत्यु भएको पुष्टि गरेका हुन् । सोनीले धरान तिनकुने स्थित अद्योगिक क्षेत्र भित्र उनले सौर्य कत्था उद्योग सञ्चालन गर्दै आएका थिए ।
धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेह्रथुमकी २० वर्र्षीय महिलाको मृत्यु भएको छ । तेह्रथुम पञ्चकन्या १, की संक्रमित महिलाको आज (शनिवार) विहान ५ बजे कोभिड अस्पातलमा मृत्यु भएको हो । प्रतिषठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार गत वैशाख १७ गते प्रतिष्ठानमा भर्ना भएकी उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो । मृतक संक्रमित महिलाको शव नियमअनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण र मृत्यु नभएको हिसाबले चार वटा जिल्ला सुरक्षित देखिएका छन । प्रदेश १ का ओखलढुंगा, खोटाङ, भोजपुर र सोलखुम्बुमा कोरोनाबाट हालसम्म कसैको पनि मृत्यु भएको छैन । दोस्रो लहरको तथ्यांक हेर्दा पनि यी जिल्लामा कम संक्रमण देखिन्छ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको दोस्रो लहरबाट कोही पनि संक्रमित भएका छैनन् । अघिल्लो लहरमा सोलुखुम्बुमा जम्मा ३७ जनामा कोरोना देखिएको थियो । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार संक्रमणको पहिलो लहरका बेला हिमाली ताप्लेजुङमा न्यून संक्रमण थियो । तर, दोस्रो लहरले भने यो जिल्लालाई गाँजेको छ । ताप्लेजुङमा ४१ म्हिला र ३६ पुरुष संक्रमित
धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा विरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ । कोभिड अस्पतालमा विरामी कुरुवा घर नभएको कारण विरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए । सचिव पोखरेलका अनुसार वीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधै त्रियाशिल रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी विरामी कुरुवा घर १८ फिट
धरान/ ग्रीन तारा गु्रप अफ कंपनी र सिद्धि विनायक सप्लायर्स धरानले जिल्ला प्रहरी कार्यलय, सुनसरीलाई विहिवार स्वस्थ्य सामग्री प्रदान गरको छ । विहिवार जिल्ला प्रहरी कार्यलयमा नै पुगेर कार्यलयका प्रमुख प्रहरी उपरीक्षक एसपि कमल थापाको हातमा ग्रीनताराका अध्यक्ष एवं प्रवन्ध निर्देशक सम्राट श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र युवा नेता तथा समाजसेवि रोहित निरौलाले संयुक्त रुपमा स्वस्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गरेका स्वस्थ्य सामग्रीहरुमा सर्जिकल मास्क पाचहजार थान, केएन ९५ मास्क एक सय थान, सर्जिकल ग्लव्स एक सय थान, सेनिटाइजर ३ सय ६० थान, ह्याण्ड वास १ सय