महामारीमा पनि प्रयोगमा आउन सकेन भेन्टिलेटर

  • वैशाख २६, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ एकवर्ष अघि इलाम जिल्ला अस्पताल न्युनतम सेवा प्रवाहमै कमजोर रहेको पाइएको थियो ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले अस्पतालको न्युनतम सेवा मापदण्ड लेखाजोखा गर्दा इलाम अस्पताल न्यूनतम सेवा प्रवाहमा कमजोर पाईएको हो । न्युनतम सेवाको मूल्यांकनमा इलाम अस्पताले ६४ अंक प्राप्त गरेको थियो ।

महाशाखाले अस्पतालको सुशासन, क्लिनिकल सर्भिस र सहयोगी कुराको व्यवस्थापनको लेखाजोखा गर्दा सुशासन र सहयोगी कुराको लेखाजोखामा राम्रो अंक पाएपनि अस्पतालको क्लिनिकल सर्भिसमा थोरै अंक पाएको थियो ।

सुशासनमा ७८ अंक, सहयोगी कुरामा ७२ अंक र क्लिनिकल सर्भिसमा ५७ अंकमात्रै प्राप्त गरेको अनुगमनमा संलग्न महाशाखाका डा.अमृत पोख्रेलले जानकारी दिएका थिए ।

अस्पतालको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. तारानाथ पोख्रेल, डा. अमृत पोख्रेल, प्रदेश स्वास्थ्य निर्देशनालयका आदित्य शाक्य र निक साइमन नामक गैरसरकारी संस्थाका प्रतिनिधिले इलाम अस्पतालको मूल्यांकन गरेका थिए ।

टोलीले अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन जनशक्तिको पदपूर्ति गर्न, विद्युत्को नियमित व्यवस्थापनको लागि अटो कटहुने व्यवस्था सहितको व्याकअप राख्न, खानेपानीको शुद्धिकरण गर्न, प्रसूति गर्ने महिलाहरुको लागि कुरुवाघरको व्यस्था गर्न, अस्पताका मेसिन मर्मतको लागि जनशक्ति व्यवस्थापन गर्न, मेडिकलहरुबाट चिकित्सकको प्रेस्किृप्सन बिना औषधि दिने कामलाई बन्द गराउन र फोहोरको व्यवस्थापनमा जोड दिन सुझाव दिएको थियो ।

कोरोना महामारीमा पनि अस्पतालको भेन्टिलेटर प्रयोग विहिन

इलाम सदरमुकामस्थित इलाम अस्पतालमा केही समयअघि मात्रै भेन्टिलेटर ल्याईयो अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । अस्पतालका अनुसार जनशक्ति अभावका कारण भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो ।

कोरोना महामारीले दिनप्रतिदिन संक्रमित बढीरहेको बेला जिल्लाकै ठूलो अस्पतालमा भेन्टिलेटर थन्किएपछि स्वासप्रश्वासका बिरामीलाई समस्या भएकामे छ । भेन्टीलेटर नहुँदा सामान्य विरामीसमेत जिल्ला बाहिर लैजानुपर्ने बाध्यता इलाम बासीमा रहेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारीे ध्रुवबहादुर खड्काले अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति अभावले थन्किएको बताए ।

‘धन्य अहिलेसम्म यहाँको अस्पतालमा गम्भीर प्रकृतिका संक्रमित आएका छैनन्,’ उनले भने,‘भेन्टिलेटर छ तर बिरामीलाई आवश्यक परेका बेला प्रयोग गर्नसक्ने अवस्था छैन ।’

उनले भेन्टिलेटर सञ्चालन गर्दा अन्य रोगका विशेषज्ञसमेत आवश्यक पर्ने भएकाले भएको सुविधासमेत प्रयोग हुन नसक्ने अवस्था रहेको जनाए । कोरोना महामारीको दोस्रो लहर द्रुतगतीमा फैलिरहेको बेला संघीय सरकारको करिब ४० लाख रुपैयाँ खर्चेर ल्याएको भेन्टिलेटर सञ्चालन गर्ननसक्नु अस्पताल व्यवस्थापन पक्षको हेलचेक्रयाई प्रस्त देखिन्छ । देश चलाउँने नेता पाएका इलामबासी अस्पतालमा भएको भेन्टीलेटर चलाउँने दक्ष जनशक्ति पाउन नसक्नु दुर्भाग्य बनेको छ ।

यसबेला बिरामीले आफ्नै जिल्लाको सरकारी अस्पतालमा रहेको भेन्टिलेटरको सुविधा लिन नसक्ने भएका छन् । कोरोना संक्रमितलाई स्वासप्रश्वास समस्याले भेन्टिलेटर चाहिने अवस्था आए जिल्लाबाहिरका अस्पताल धाउनुपर्ने बाध्यता बनेको छ ।

अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले अहिलेसम्म भेन्टिलेटर प्रयोग हुन नसकेको बताउँछन । ‘हुन त अहिलेसम्म भेन्टिलेटर चाहिने बिरामी अस्पतालमा आएका पनि छैनन,’ उनले भने, ‘भेन्टिलेटर सञ्चालन गर्ने एनेस्थेसियोलोजिस्ट चाहिँ अस्पतालमा छन् तर भेन्टिलेटरसँगै आवश्यक पर्ने अन्य विशेषज्ञ नहुँदा सुविधा लिनसक्ने अवस्था छैन ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाह मन्त्रालयबाट पटक–पटक अस्पतालमा जनशक्तिको अवस्था÷अभाव कस्तो छ भनेर सोधिरहेको तर दरबन्दी पदपूर्ति चाहिँ नभएको बताउँछन ।

उनले आफूले पटक–पटक जनशक्ति थप्न पत्राचार गरेको बताए । ‘माथिबाट २÷३ दिनको फरकमा अस्पतालमा दरबन्दी कस्तो छ, केही अभाव छ कि भनेर चिठी आइरहन्छ,’ डा.शाहले भने, ‘हामी जवाफ र अस्पतालको माग पठाउँछौं । तर, केही दिनमा फेरि पहिलेकै जस्तो पत्र आउँछ, जनशक्ति आउँदैन ।’

उनले जनशक्ति अभावकै कारण ३ महिनादेखि भेन्टिलेटर र प्रयोगविहीन भएको बताए । कोरोना संक्रमितका लागि इलाम अस्पतालले २० जनाको आइसोलेसन तयार गरेको छ । आइसोलेसनमा एउटा बाइप्याप मेसिनसमेत तयारी अवस्थामा छ । व्यवस्थापक खतिवडाका अनुसार आवश्यक परे आइसोलेसनमा अझ केही शय्या थप्न सकिन्छ ।

१४ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा स्थायी डाक्टर एकजना (स्त्री रोग विशेषज्ञ) मात्रै छन् । २ मेडिकल अधिकृत, ३ कन्सल्ट्यान्ट र ३ डेन्टल सर्जन अस्पतालमा कार्यरत रहेका छन । नौ जना विषेशज्ञ सहित ५९ जनाको दरबन्दी रहेको अस्पतालमा २७ दरबन्दी पदपूर्ति भएको अस्पतालले जनाएको छ ।

 

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved