कोभिड विरुद्धको खोप उपलब्ध गराउन अद्योगीहरुद्वारा सरकारसँग माग

  • वैशाख २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोभिड १९ र यसको नयाँ भेरिएन्टबाट आर्थिक क्षेत्र तहस नहस हुन सक्ने भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले कामदार, श्रमिक र कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघका १ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरेले शनिबार संयुक्त विज्ञप्ति प्रकासित गरी यस्तो माग गरेका हुन ।

कोभिड १९ को दोश्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको अवस्थामा औद्योगिक क्षेत्र प्रभावित बनेको विज्ञप्तिमा जनाइएको छ ।

“भ्याक्सिन बाहेक कोभिड १९ को रोकथामको अन्य विकल्प नभएको प्रमाणित भइसकेकोले नीजि क्षेत्रका तर्फबाट भ्याक्सिनको सहज आपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकार समक्ष अनुरोध गर्दछौ” विज्ञप्तिमा भनिएको छ ।

विगतमा नेपाल सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोपको प्राथमिकतामा नीजि क्षेत्र पर्न नसकेकोले महामारीको जटिल अवस्थामा अतिआवश्यक वस्तु तथा सेवाहरुको आपूर्ति व्यवस्थालाई अक्षुण राख्न र अभाव हुन नदिन निजी क्षेत्रको ठूलो योगदान गरहेको जनाइएको छ ।

महामारीको यो अवस्थाबाट सर्वसाधारण नागरिकलाई बचाउन कोरोना विरुद्धको खोप सर्वसाधारणलाई सहज रुपमा उपलब्ध हुने गरी व्यवस्था मिलाउन सरकारले आफ्ना सबै संयन्त्रहरु परिचालन गर्नुपर्ने सरकारी प्रकृयागत जटिलता सरल बनाउँदै यथाशक्य खोप आपूर्ति गर्न माग गरिएको छ । खाोप आपूर्तिमा मूल्य लगायतको मापदण्ड निर्धारण गरी नीजि क्षेत्रलाई आब्हान गर्न समेत नेपाल सरकार समक्ष उद्योगी व्यवसायीले माग गरेका छन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved