धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेह्रथुमकी २० वर्र्षीय महिलाको मृत्यु भएको छ ।
तेह्रथुम पञ्चकन्या १, की संक्रमित महिलाको आज (शनिवार) विहान ५ बजे कोभिड अस्पातलमा मृत्यु भएको हो ।
प्रतिषठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार गत वैशाख १७ गते प्रतिष्ठानमा भर्ना भएकी उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो ।
मृतक संक्रमित महिलाको शव नियमअनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।