धरान : धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान १६ का ४१ वर्षीय पुरुष रहेको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरले जनाएका छन् ।
उनका अनुसार संक्रमित शनिवार विहान ९ः३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
डा. पोखरलेलका अनुसार गत वैशाख २० गते प्रतिष्ठानमा भर्ति भएका उनलाई गत वैशाख २१ गते संक्रमण पु्ष्टि भएको थियो ।
मृतक संक्रमितको शव नियमअनुसार अन्त्यष्टी गरिने प्रतिषठानले जनाएको छ ।